बढ्यो विवाद: स्वस्थ्य विभागको प्रेस विज्ञप्तिपछि एसपीवाईएफ-ले दियो स्पष्टीकरण

नरबहादुर घिमिरे, नाम्ची, 30 जुलाई


गत 28 तारिख एसपीवाईएफ-ले पश्चिम सिक्किमको गेजिङमा निकालेको जुलुसपछि गेजिङ जिल्ला अस्पताल अहिले राज्यभरि नै चर्चाको विषय बनेको छ। सिक्किम प्रोग्रेसिभ युथ फोरमले जुलुस गरेपछि विभिन्न माध्यमबाट सम्बन्धित विभागले उत्तर दिएको छ भने एसपीवाईएफ-ले पनि यसको स्पष्टीकरण दिँदै खण्डन गरेको छ। एसपीवाईएफ-ले कतिपय मिडियाले आपत्तिजनक खबरहरू प्रकाशित गरेको भन्दै स्पष्टीकरण दिएको छ।

गत 28 तारिखको विराट प्रदर्शनीपछि प्रशासनपक्षबाट त्यसको उत्तर आएको थियो, जसमा उनीहरूले `गेजिङ अस्पतालमा हुनुपर्ने प्रायः सबै सामाग्री र कर्मचारीहरू उपलब्ध रहेको बताएको छ। एसपीवाईएफ-को माग अनुरुप एकदुई सामाग्रीहरू मात्रै थप्नु पर्ने भएको, जो एक महिना भित्रमा उपलब्ध गराउने भनेर बताइएको थियो।

गेजिङ जिल्ला अस्पतालका सीएमओ-ले पनि पर्याप्त मात्रामा सरसामान र कर्मचारीहरू भएको र जुलुसले माग गरेको अनुरुप एक दुई मेसिनहरू मात्रै थप्नुपर्ने सोसियल मिडिया मार्फत बताएका थिए। तर सिक्किम प्रोग्रेसिभ युथ फोरमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यसको खण्डन गरेको छ।

‘हाम्रो माग भनेको केन्द्र सरकारद्वारा 2012 -मा जारी गाइडलाइन्स फर डिस्ट्रिक हस्पिटल नामक पुस्तिका हो। त्यसमा उल्लेखित सम्पूर्ण सुविधा गेजिङ जिल्ला अस्पतालमा हुनुपर्छ। हाम्रो माग यति नै हो,’ फोरमले भनेको छ, ‘विभिन्न सञ्जार माध्यम, सामाजिक सञ्जाल तथा खबर कागतहरूले गलत खबर प्रकाशित गरेर जनतामा भ्रम फैलाउन खोजेको छ। कतिपय मिडियाले स्पस्ट खबर प्रकाशित गरेका छन् भने कतिले गलत प्रचार गरेका छन्। हाम्रो माग स्पस्ट छ। गाइडलाइन्स फर डिस्ट्रिक हस्पिटललाई लागु गरिनुपर्छ।’

फोरमले स्वस्थ्य विभागले जारी गरेको प्रेस विज्ञप्तिलाई ठाडै खण्डन गर्दै भनेको छ, ‘यी सब जनतालाई भ्रममा राख्ने चाल मात्र हो। तर जनतालाई स्पस्ट रुपमा थाहा छ अस्पतालको स्थिति जीर्ण छ। उनीहरूले आफ्नै आँखाले देखिरहेका छन्। आफै भोगिरहेका छन्। जसजसले भ्रम फैलाउँदै छन्, उनीहरू उपचारको निम्ति गेजिङ जिल्ला अस्पताल जानुपरेको छैन। उनीहरू बाहिरतिर निजी अस्पतालमा उपचार गराउन सक्षम छन्। तर फोरम माग भनेको सर्वसाधारण जनताको निम्ति हो।’

कुनै पनि विपक्षी दलले जुलुसको फोटो वा क्लिप लगाएर आफ्नो राजनीतिक रोटी सेक्ने प्रयास नगरिदिने पनि सिक्किम प्रोग्रेसिभ युथ फोरमले बताएको छ। सामाजिक सञ्जालतिर प्रशासनले दिएको वा लगाएको भ्रामक खबर र उनीहरूले अस्पतालमाथि उल्लेख गरेको तथ्यहरूको जनताले आफैंले ठाडै खण्डन गरिरहेको पनि फोरमले बताएको छ।

जबसम्म गेजिङ जिल्ला अस्पतालमा गाइडलाइन्स फर डिस्ट्रिक हस्पिटल लागु हुँदैन तबसम्म फोरम चुप नबस्ने कुरा विज्ञप्ति मार्फत बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन