कन्याश्री प्रकल्पका कन्याहरूलाई लिएर महकुमा प्रशासनद्वारा कविता आवृत्ति र गीत गायन प्रतियोगिता सम्पन्न

Girl in a jacket

खरसाङ, 30 जुलाई


कन्याश्री प्रकल्पका कन्याहरूलाई लिएर खरसाङ महकुमा प्रशासनको आयोजनामा खरसाङ नगरपालिका क्षेत्रका छात्राहरूलाई लिएर सोमबार कविता आवृत्ति र गीत गायन प्रतियोगिता सम्पन्न भयो।

खरसाङ महकुमा प्रशासन कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा खरसाङको महकुमा शासक देवाशिष चट्टोपाध्यय र डेपुटी मैजिस्ट्रेट संहिता तालापात्रो, एआई रोशनी सार्की, एसआई रञ्जिता प्रधान उपस्थित थिए।

प्रतियोगितामा खरसाङ नगरपालिका क्षेत्रका विधालयहरू रामकृष्ण, डाउहिल, सन्त जोसेफ, आदर्श, स्कट मिशन, पुष्परानी, सन्त अल्फन्सेसका छात्राहरूले भाग लिएका थिए। कार्यक्रममा उपस्थित खरसाङ महकुमा शासक देवाशिष चट्टोपाध्यले कन्याश्रीहरूलाई भोलिका कर्णधारहरू बताउँदै जित्नु मात्रै नभएर हार्नु पनि सिक्नुपर्ने बताए। ‘आज हारे पनि भोलि जित्ने छौं,’ उनले भने।

डेपुटी मैजिस्ट्रेट संहिता तालापात्रोले सञ्चालन गरेको कार्यक्रममा गीत गायन प्रतियोगितामा निर्णायकको रूपमा गुरूजी हेम आनन्द दर्नाल र उपेन्द्र प्रधान अनि कविता आवृत्ति प्रतियोगितामा निर्णायकको रूपमा कविद्वय मिलन प्रधान र हनोक थापा उपस्थित थिए।

कन्याश्री प्रकल्पका विषयमा बोल्दै डेपुटी मैजिस्ट्रेट संहिता तालापात्रोले आगामी 14 अगस्टमा कन्याश्री दिवस पालन गर्न आजदेखि पहिलो राउण्डको कविता आवृत्ति र गीत गायन प्रतियोगिता सम्पन्न भएको बताए।

आजको प्रतियोगिता अन्तर्गत आज खरसाङ नगरपालिका क्षेत्रका विभिन्न विद्यालयहरूका 13 देखि 15 र 16 देखि 17 वर्ष सम्मा छात्राहरूलाई लिएर गरिएको पनि जानकारी गराइन्। उनले यस कार्यक्रम आयोजना गरिने उद्देश्य कन्याश्रीले राम्रो काम गरिरहेकाहरुलाई सम्मान गर्नु, प्रतिभाशाली कन्याहरूलाई खोजी निकाल्नु र कन्याहरूमा भएको प्रतिभालाई चिन्नु भनी बताएका छन्। उनले कन्याश्री प्रकल्पका माध्यमबाट बालविवाह रोक्न सकिएको, कन्या शिक्षामाथि काम भईरहेको पनि बताएका छन्। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षिकाहरू पनि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया