नगरपालिका सकियो अब पञ्चायत

खबरम्यागजिन खबरदाता

बिजनबारी, 16 मई/2017


नगरपालिका चुनाउ सक्ने बित्तिकै गोर्खा जनमुक्ति मोर्चाले पञ्चायत चुनाउ हुनुपर्ने माग गरेको छ। गोजमुमो साङ्गठनिक सचिव एलएम लामाले भनेका छन्, ‘2005 को जून महिनादेखि पहाड़मा जन- प्रतिनिधिबिहिन पञ्चायत चलिरहेको छ। जुन कर्मचारीयुक्त पञ्चायतले ग्रामीण जनताको आकाँक्षा र आवश्यक्ता बमोजिम काम गर्न सकेका छैनन्। किन कि उनीहरूलाई नीतिगत फैसला जलिने अधिकार छैन।’

उनले अझ भनेअनुसार, योजना वितरण गर्दा प्राथमिकता दिने सर्वेक्षण सूची नै लथालिङ छ। गरीबहरू धनीवर्गको सूचिमा परेका छन्। साँचो गरीबहरू चाँही विभिन्न सहुलियतहरूदेखि बञ्चित बन्न परेका छन्।

‘पञ्चायतबाट पाउनु पर्ने विभिन्न प्रकारका प्रमाण पत्रहरुसम्म धेरैले समयमा पाउन सकेका छैनन्। साधरण मानिसहरू जन्म प्रमाण पत्रको लागि दशवटा अफिस दशपल्ट धाउनु बाध्य छन्। ब्लक अफिस टाड़ामा भएका क्षेत्रका जनताले अझबेसी दु:ख भोग्नु बाध्य छन्,’ लामाले भने, ‘छुटपुट हुने विकाशमूलक योजनाहरु समेत समयमा हुन सकेका छैनन्। पञ्चायत चुनाव नहुँदा सरकारलाई विकाशको कोष साथै प्रतिनिधिहरुको सम्मान भत्ता समेत दिनु परेको छैन। यसैले ती कोषहरु नै अन्य योजना अन्तर्गत खर्च गरिरहेको छ।’

उनले पञ्चायत प्रणाली ठप्प रहेको हुदाँ नयाँ स्टाफ नियुक्ति हुन नसकेको, ब्लक अफिसहरु र पञ्चायत अफिसहरूमा धेरै रिक्त पद् रहेको अनि पहाडका शिक्षित युवावर्ग भने बेकारी बन्न परेकोले पहाड़देखि पलायन हुनु बाध्य भइरहेको पनि बताएका छन्।

‘समतलको पञ्चायत प्रणाली सुचारु भइरहेको बेला पहाडको पञ्चायत व्यवस्था किन अचल? ‘टीएको सम्झौता बमोजिम सरकारले इमान्दारपूर्वक तीन स्तरीय पञ्चायत चुनाव गत 2012 मा नै गर्नु पर्ने हो तर राज्य सरकार पहाड़ी जनताप्रति बैमान रहेकै कारण आज तीन स्तरीय र दुई स्तरीय ढाँचाको दोसाँधमा पिसिएर पहाड़को पञ्चायत ठप्प रहेको छ। जसले गर्दा ग्रामीण क्षेत्रका मानिसहरू संवैधानिक अधिकारदेखि समेत गत 12 वर्षदेखि बञ्चित छन्,’ उनले अझ भने, ‘जीटीए सम्झौता बमोजिम तीन स्तरीय चुनाव गराउनु पर्ने न्यायोचित माग हो। तथापि वर्तमान स्थितिमा तीन स्तरीय चुनाउ गर्नु जाँदा वैधानिक असुविधा सृष्टि हुन्छ भने अहिले दुई स्तरीय नै चुनाव गरी ग्रामीण जनतालाई न्याय दिनुपर्ने हाम्रो माग हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन