अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपबाट एञ्जलले हत्याए काँस्य पदक

Girl in a jacket

मिरिक, 31 जुलाई


कोलकत्ताको नेताजी इन्डोर स्टेडियममा चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीप 2018 को भएको थियो, जसमा मिरिक कराते डु एसोसिएसनबाट अध्यक्ष सेन्सी कैलाश थापाको नेतृत्व अनि सिहान अनिल राईको मार्गदर्शनमा दुई विद्यार्थीहरू एञ्जल राई र स्वेता साङपाङले भाग लिएका थिए।

जसमा एञ्जल राईले उत्कृष्ट प्रदर्शन गर्दै धेरै प्रतियोगीहरूलाई पछि पारेर काँस्य पदक हत्याएको सेन्सी कैलाश थापाले जानकारी गराएका छन्। उनले खुशी प्रकट गर्दै यो जीत सम्पूर्ण मिरिककै जीत रहेको बताउँदै एञ्जल राईलाई बधाई दिएका छन्।

स्मरणरहोस्, एञ्जल राई यहाँको सौरेनी ग्रीनलन अङ्ग्रेजी स्कुलकी छात्रा हुन्। उक्त अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपमा पाँचवटा देशहरूबाट मोठ पैतालीस सय विद्यार्थीहरूले भाग लिएका थिए। कैलाश थापाले बताए अनुसार एसोसिएसनले अझै उत्साहजनकरूपमा विभिन्न प्रतियोगिताहरूमा भाग लिएर मिरिकको नाम उज्ज्वल गर्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया