कफेरमा  फुटबल

Girl in a jacket

कालेबुङ, 31 जुलाई


आजदेखि कफेर खेल मैदानमा स्वतन्त्रता कप नकआउट फूटबल प्रतियोगिता आरम्भ भएको छ। सिनियर, अण्डर-11 अनि महिलाहरू गरी तीनवटा वर्गमा सम्पन्न भइरहेको फूटबल प्रतियोगिताको आज औपचारिक उद्घाटन गरियो। फादर पौल डिसोजाको सभापतित्वमा सम्पन्न उद्घाटन खेल समारोहमा जीटीए पर्यटन विभागका अध्यक्ष सोनाम याक्खा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने सेन्ट स्टेफन्स एकाडेमीका प्राचार्य फादर फिलिक्स डिसोजा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

उक्त प्रतियोगिताको सिनियर वर्गमा मोठ 29 वटा दलले अनि अण्डर 11 मा 10 वटा दलले अङ्शग्रहण गरिरहेको छ। केही दिनपछि महिनावर्गको खेल पनि शुरू हुने भएको छ।
स्वतन्त्रता दिवस आयोजक समितिका उपाध्यक्ष सुवास राई अनुसार उक्त प्रतियोगिताको फाइनल खेल 16 अगस्तका दिन सम्पन्न हुनेछ। सिनियर वर्गका विजय प्रतियोगिलाई ट्रफी अनि 30 हजार नगद राशी अनि उपविजय दललाई 20 हजार रूपियाँ अनि ट्रफी प्रदान गरिनेछ। विशेष गरी युवाहरूलाई खेलकुदको माध्मयबाट सुमार्गमा ल्याएर नशामुक्त समाज निर्माण गर्ने उद्देश्यले वर्षैपछि यसरी खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको राईले बताए।

विभिन्न रङ्गारङ्ग कार्यक्रमसितै आरम्भ भएको फूटबल प्रतियोगिताको प्रथम सिनियर खेल कालेबुङ जीएचएस बनाम् लोवर कफेरमाझ सम्पन्न भएको थियो भने अण्डर-18 वर्गको खेल सेन्ट स्टेफन्स कफेर अनि सेन्ट जोसेफ गितडाब्लिङमाझ सम्पन्न भएको थियो। कार्यक्रमा मुख्य अतिथि सोनाम याक्खाले आफ्नो सम्बोधनमा अब युवाहरूले भत्काउने, डढाउने दिशमातर्फ नगएर खेल, शिक्षा, मनोरञ्जन, गीत-सङ्गीत आदिको माध्मयबाट आफ्नो अनि जाति र क्षेत्रको नाम रोशन गर्नुपर्ने आह्वान गरे।

स्थानीय भानु तामाङले सञ्चालन गरेको आजको उद्घाटन समारोहमा आयोजक समितिका अध्यक्ष रोशन लेप्चा, सचिव देवराज राई, फरेस्ट रेञ्ज अफिसर गोविन्द प्रधान, बिट अफिसर पासाङ लेप्चा, कफेर प्राइमेरी स्कूलका प्रधानअध्यापक भीम लामा, लज म्यानेजर दिपक योञ्जन, शान्ति किरण सङ्घका अध्यक्ष सोमबहादुर तामाङ, ग्राउण्ड जमीनदाता गोपाल थापा लगायत स्थानीयको व्यापक उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया