डुवर्समा रेन्समवेयरको आतङ्कः माग्यो 300 बिटकोइन डलर

खबरम्यागजिन खबरदाता

डुवर्स, 16 मई/2017


डुवर्समा रेन्समवेयर भाइरसले तीनवटा बिजुली कार्यालयको कम्प्युटर लक गरिदिएको छ। खबरम्यागजिनको डुवर्स खबरदाताले बताएअनुसार नगरकट्टा, धुपगडी अनि वानरहाटको बिजुली कार्यालयको तीनवटा कम्प्युटर यो भाइरसले लक गरिदिएको छ। अधिकारीहरूले जब कम्प्युटर खोले तब स्क्रीनमा तालाको नक्सा देखापऱ्यो, जसको छेउमा एक म्यासेज पनि लेखिएको थियो। म्यासेजमा 300 बिटकोइन डलर नदिइए कम्प्युटरका सम्पूर्ण डाटा नष्ट गरिदिने चेतावनी छ।

म्यासेजमा 23 मईसम्म मागिएको राशि उपलब्ध नगराए डाटा नष्ट गर्ने चेतावनी पनि छ।

बिजुली कार्यालयमा रेन्समवेयर भाइरस पसेको र पैसाको दाबी गरिएको खबर डुवर्सभरि आगो झैँ फैलिएको छ। नगरकट्टा विद्युत विभागका स्टेशन म्यानेजर राजु टोप्पोले तीनवटै कार्यालयका कम्प्युटरमा ताला झुण्डिएको अनि डाटा नष्ट गर्ने चेतावनीसित म्यासेज छोडेको बताएका छन्।

‘यो भाइरसको आतङ्कबारे हामीलाई अघिबाटै सूचना थियो,’ टोप्पोले भने, ‘यसैकारण हामीले सबै कम्प्युटरको व्याकअप राखिसकेका छौँ। हामीलाई यो भाइरसको चेतावनीसित कुनै डर छैन।’

यद्धपि उनले सबैले यस्तो सतर्कता नअप्नाएको हुनसक्ने भन्दै सरकारी कार्यालयहरूले शीघ्र नै कम्प्ययुटरको व्याकअप राख्न अनिवार्य रहेको पनि बताए।

‘हामीले कम्प्युटरमा एन्टीभाइसर पनि अपडेट गरेका छौँ,’ उनले भने, ‘मागेको राशि दिने त सवाल नै उठ्दैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन