12 आवर स्टेडियम च्यालेञ्जमा शिवहाङ सुब्बा

गान्तोक, 1 अगस्त


पश्चिम सिक्किमको योक्समअन्तर्गत तिम्ब्रोङ निवासी शिवहाङ सुब्बाले बेङ्गलोरमा आयोजन भइरहेको 12 आवर स्टेडियम च्यालेञ्जमा भाग लिने भएका छन्। यो प्रतियोगिता आउॅंदो 4 अगस्त साँझ पाँच बजी शुरू हुनेछ र 5 अगस्त बिहान समाप्त हुनेछ। 22वर्षिय सुब्बा पहिलोपल्ट राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन गइरहेका छन्।

यद्यपि, उनले राज्यमा आयोजन भइरहेका विभिन्न दौड़ प्रतियोगिताहरूमा भने भाग लिॅंदै आइरहेका छन्। धावक सुब्बाले हालमा सिक्किमका म्यारथन म्यान अमर सुब्बाको देखरेखमा प्रशिक्षण लिइरहेका छन्।

उनले यस दौड़ प्रतियोगिताको निम्ति आफूले धेरै परिश्रम गरेको बताए। उनले पहिलोपल्ट कुनै राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिने अवसर पाएकोमा खुशी लागिरहेको बताए। उनले 12घण्टाको निर्धारित समयसम्म दौड़ लगाउने लक्ष्य लिएको बताए।

अर्कातिर, म्यारथन म्यान अमर सुब्बाले धावक शिवहाङ सुब्बाको तयारी एकदमै राम्रो रहेको बताए। उनले 12 आवर स्टेडियम च्यालेञ्जलगायतका प्रतियोगिताहरूमा केवल अनुभवी धावकहरूले मात्र भाग लिने मौका पाउने गरेको बताए।

खेलकुदले युवाहरूलाई अनुशासित बनाउने र जीवनमा सफल बन्न पनि मदत गर्ने उनले बताए। यसै कारण युवाहरूलाई म्यारथनको क्षेत्रमा आफूले प्रोत्साहित गर्दै आइरहेको बताउँदै धावक शिवहाङलाई बेङ्गलोर जानको निम्ति आर्थिक रूपमा सहायता गर्ने सबै शुभचिन्तकहरूप्रति आभार प्रकट गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares