चौथो मिस्टर अल्टिमेट अनि प्रथम मिस अल्टिमेट’ प्रतियोगिता आयोजन गरिने

गान्तोक, 01 अगस्त


राजधानीको तादोङ आधारित अल्टिमेट फिटनेश जीमले ‘चौथो मिस्टर अल्टिमेट अनि प्रथम मिस अल्टिमेट’ प्रतियोगिता आयोजन गर्ने भएको छ। यस प्रतियोगिताको आयोजन 8 सेप्टेम्बरको दिन तादोङस्थित नरबहादुर भण्डारी सरकारी महाविद्यालयको प्रेक्षागृहमा गरिने छ।

उक्त जानकारी आयोजक जीमका मुख्य प्रशिक्षक रूपेन मुखियाले प्रेस क्लबमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दिए। मुख्य प्रशिक्षक मुखियाले बताएअनुसार यो प्रतियोगिताको आयोजन विशेष रूपमा युवाहरूलाई नशालु पदार्थको सेवन लगायत अन्य कुलतहरूबाट टाड़ा राख्ने उद्देश्यले गरिएको हो।

युवाहरूलाई स्वास्थ्य जीवन जिउनको निम्ति प्रोत्याहित गर्ने लक्ष्य लिइएको उनले बताए। अल्टिमेट फिटनेस जीमले पहिलोपल्ट महिलाहरूलाई पनि एउटा मञ्च दिने निर्णय लिएको उनले बताए।

नर्बु भोटियाले यस प्रतियोगिता अन्तर्गत म्यान फिजिक र वुमन फिजिक खुल्ला प्रतिस्पर्धा रहेको र यसमा सिक्किम लगायत बाहिरका प्रतिभागीहरूले पनि भाग लिन पाउने बताए।

तर, बडीबिल्डिङ प्रतिस्पर्धा भने पूर्ण रूपले सिक्किमका स्थानीय प्रतिभागीहरूको निम्ति रहेको उनले स्पष्ट पारे। उनले राजधानी बाहिरबाट आउने प्रतिभागीहरूको निम्ति उक्त दिन बस्ने र खाने व्यवस्था आयोजकको पक्षबाट गरिने पनि थप जानकारी दिए।

उनले प्रतियोगिताका विजेताहरूलाई नगद राशिका साथै अल्टिमेट फिटनेश जीमको तीनवटा शाखाहरूमध्ये कुनै पनि एउटा जीममा एक वर्षसम्म नि:शुल्क प्रशिक्षण लिन पाउने सुविधा राखिएको बताए।

यसरी नै सुरेश छेत्रीले इच्छुक व्यक्तिहरूले प्रतियोगिताकै दिन आएर आफ्नो नाम दर्ता गराउन र प्रतिस्पर्धामा भाग लिन सक्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares