आदिवासी राजवंशी युनाइटेड फोरम दिल्लीमा : आज धर्ना भोलि ज्ञापन पेस

नयाँ दिल्ली, 1 अगस्त 


सैयौं समर्थकहरूको साथमा गोर्खा आदिवासी राजवंशी युनाइटेड फोरमले दिल्लीमा आजदेखि दुइदिने धर्ना कार्यक्रम शुरु गऱ्यो। उत्तरबङ्गालमा छुट्टै राज्य गठन हुनुपर्ने मागमा दिल्लीको जन्तरमन्तरमा यो धर्ना भएको हो।

संवादमाध्यमसित कुरा गर्दै गोर्खा युनाइटेड लिबरेसन फ्रन्टका सचिव ऋषिका छेत्री आज धर्ना गरिएको अनि भोलि विभिन्न मन्त्रीहरूलाई छुट्टै राज्यको दाबीमा तयार ज्ञापन सुपिने कार्ययक्रम हुने बताइन्।

‘भोलि फोरमका प्रतिनिधिहरूले भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री राजनाथ सिंहलाई ज्ञापन दिनेछ,’ उनले भनिन्,  फोरम छुट्टै राज्यको निम्ति प्रतिबद्ध छ। गोर्खा, आदिवासी, कोचेमेचे, राजवंशीहरूको यो साझा माग पनि हो।’

उनले आदिवासी र राजवंशीलाई पनि सरकारले दबाएर राखेको बताउँदै दबिएका समुदायलाई एउटै मञ्चमा ल्याएर फोरम तयार गरिएको बताइन्।

आजको धर्नामा उत्तरबङ्गालभरिका गोर्खा, आदिवासी, कोचेमेचे, राजवंशीहरूको बाक्लो उपस्थिति रहेको पनि उनले बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares