मोर्चा महासचिवले पार्टीको पतनको बाटो खनिरहेको छः लोपसाङ लामा

 गोर्खा जनमुक्ति मोर्चामा साङ्गठनिक आचार संहिताको अभाव


खबरम्यागजिन खबरदाता

डुवर्स, 17 मई/2017


जातिहितलाई लिएर अघि बढ्ने कार्यक्रम नरहेको कारण पार्टीबाट गत वर्षनै टाडा भइसकेको व्यक्तिलाई पार्टीबाट निष्कासित गरियो भनी झुटो खबर प्रकाशमा ल्याएको आरोप लोपसाङ लामाले लगाएका छन्। पार्टी सुप्रिमोको नाम उल्लेख नगरी लामाले मोर्चामाथि प्रहार गर्दै खबरम्यागजिनसितको विशेष भेटमा गत मङ्गलबार प्रश्न गरे, आज पार्टीले अनुशासन र पार्टी विरोधी काम गरेको भन्दै पहिल्यैबाट पार्टीसित अलग भइसकेको व्याक्तिलाई कसरी निष्कासित गरियो?

ज्ञात रहोस्, गत मङ्गलबार मोर्चाको केन्द्रीय समिति सदस्य तथा दिल्ली एनसीआर संयोजक लोपसाङ लामालाई पार्टी विरोधी कार्य र अनुशासनहीनताको कारण मोर्चाबाट निष्कासित गरिएको कुरो सार्वजनिक भएको थियो। पछिल्लो वर्षको सेप्टेम्बरदेखिनै आफूले पार्टी त्याग्दै पार्टी सुप्रिमोलाई पत्राचार गरेको अनि त्यसको प्रत्युत्तर नआएपछि यसै वर्षको मार्चमा पनि विमल गुरुङलाई पत्राचार गरेको खुलासा लोपसाङ लामाले गरे।

‘ममाथि अनुशासनहीनता र पार्टी विरोधीको आरोप लगाइनु हास्यस्पद कुरो हो,’ लामाले भने, ‘रोशन गिरीले पार्टी सुप्रिममोसित जानकारी लिएर यो पदक्षेप लिएको भए केही हदसम्म शिष्टाचार झल्कन्थ्यो। दिल्ली एनसीआरको संयोजक रहेर जातिको हितको काम गर्न पाइनँ।पार्टीले आमजनतामात्र होइन मजस्ता इमान्दार कार्यकर्ताकोसमेतको विश्वास गुमाउँदैछ।’

पार्टी महासचिव रोशन गिरीमाथि सोझै अभियोग लगाउँदै लामाले मोर्चाको घट्दो लोकप्रियतालाई गिरीकै क्रियाकलाप र अनुशासनहीनताको कारण पतनतिर लाने दावी गरे। जातिहितलाई अघि राखेर बढ्ने पार्टीले पारदर्शितापूर्वक काम गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले यतिखेर मोर्चा जातिहितभन्दा पर पुगेर केवल पार्टीहितमा सीमित भएको आरोप पनि लामाले लगाएका छन्।

आफू पार्टीबाट कहिलेदेखि अलग हुन चाहेका थिए, त्यसको उजागर गर्दै मोर्चा अध्यक्षलाई निरन्तर गरेको पत्राचार सार्वजनिक गर्ने धम्कीसमेत रोशन गिरीलाई दिएका छन्। गोर्खाल्याण्डप्रेमी जनता विश्वास र भरोसा लिएर मोर्चासित जोडिएका र आफू पनि त्यही विश्वासका साथ संलग्न रहिआए पनि साङ्गठनमा मनमानी, अगणतान्त्रितक माहोल, जातिहितभन्दा पार्टीहित सर्वोपरि मन्न थालेको देखेर नै पछिल्लो वर्षदेखिनै आफू पार्टीबाट अलग भइसकेको पनि लोपसाङ लामाले बताए।

उनले मोर्चाको केन्द्रीय समितिले गर्ने गरेको दिल्ली भ्रमणहरूलाई समेत केवल नाटकको संज्ञा दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन