कालेबुङमा बक्सिङ

 कालेबुङ, 4 अगस्त


आजदेखि यहाँको नगरपालिका निम्न बुनियादी पाठशाला परसिरमा दुईदिने अल नर्थ बेङ्गाल ट्यालेन्ट एण्ड बक्सिङ प्रतियोगिता शुरू भएको छ। कालेबुङ डिस्ट्रिक्स बक्सिङ अर्गनाइजेसनले यहाँका बक्सिङ खेलाडीहरूलाई राज्य अनि राष्ट्रिय स्तरसम्म पुऱ्याउने उद्देश्य राखेर बक्सिङ प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा दार्जीलिङ, कालेबुङ, अलुपिरद्वार, कुचबिहार, जलपाइगुपढी अनि मालदाका खेलाडीहरूले अङ्शग्रहण गरिरहेका छन्। सब् जुनियर, जुनियर, सिनियर लगायत सातवटा वर्गमा सम्पन्न भइरहेको प्रतियोगितको फाइनल खेल आईतबार सम्पन्न हुनेछ। आज प्रथम दिनको उद्घाटन खेल नगरपालिका अध्यक्ष रवि प्रधानको बाहुलीबाट औपचारिक रूपमा शुरूवात गरियो।

प्रतियोगितानमा रेभरीहरू कलकत्ताबाट आएका छन्। प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक पक्षका साङ्गठनिक सचिव मिलन सुब्बाले यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूले राज्य स्तरमा अङ्शग्रहण गर्ने अवसर पाउने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares