मन्सोङमा फुटबल

कालेबुङ,6 अगस्त


मन्सोङ सिन्कोना बगान अन्तर्गत नक्सा धुरामा फुटबलको फाइनल खेल सम्पन्न भयो। पहिलो खुल्ला नकअउट फुटबल प्रतियोगिता  सागर क्लबले आयोजना गरेको हो। 20 जुलाईदेखि आरम्भ गरिएको यस खेलमा कूल 32 वटा टिमहरूले भाग लिएका थियो। फाइन खेल इम्फा बोइज मन्सोङ अनि सेभेन स्टार लुपिन कम्पनीमाझ भयो।

जसमा इम्फा बोइज विजय बनेको छ। विजय दललाई नगद राशि चालिस हजार अनि उप विजय दललाई बीस बजार सहित ट्रफी प्रदान गरियो।

सन् 1990 सालमा स्थापना भएको सागर क्लबले क्षेत्रमा विविध सामाजिक कार्यहरू गर्दै आइरहेको छ। क्लबले खेलकुदको चासो दिँदै आइरहेको छ। यसरी गाउँमा फुटबल खेल क्षेत्रमा नशालु पदार्थ दुर्व्यसनीबारे जनचेतना गराउन खेलाएको संस्थाका सचिव सन्देश तामाङले बताएका छन्।

नक्सा खेल मैदानमा सम्पन्न फाइनल खेलमा मुख्य अतिथिका रूपमा जन आन्दोलन पार्टीका सचिव नयन प्रधान रहेका थिए। यसरी नै विशिष्ठ अतिथिहरूका रूपमा रम्फू चेक पोस्टका एसआइ देव नारायण घिसिङ, जाप युवा नेता विशाल राई, नोर्देन लामा, विजय प्रधान, प्रविन खालिङ आदि रहेका थिए।

खेल शुरू हुन भन्दा नित्य कलाकारहरूले  आफ्नो प्रस्तुति दिए। यसरी नै संस्थाले सम्बर्धना पनि जनायो। जसमा सिन्कोना आइडलका विजय प्रतियोगीहरू क्रमैले उज्वल थापा, प्रितिका राई, रिङजिङ तामाङ अनि सामाजिक कार्यकर्ता प्रविन खालिङलाई सम्मान जनाइयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares