टाइटन्स अफ मिडिया कार्यक्रममा पाँच पत्रकार सम्मानित

 गान्तोक, 07 अगस्त।


गान्तोक राउण्ड टेबल 301, प्रेस क्लब अफ्‌ सिक्किम र जर्नलिस्ट यूनियन अफ्‌ सिक्किमको संयुक्त पहलमा आयोजित ‘टाइटन्स अफ् मीडिया’ कार्यक्रमबीच मंगलबार राज्यका पॉंच पत्रकारलाई अभिनन्दन जनाइयो। अभिनन्दित पत्रकारहरूमा सिक्किम क्रोनिकल्सका संवाददाता अजय अग्रवाल, सिक्किम एक्सप्रेसका संवाददाता बिजय गुरूङ, एफएम रेडियोका जकी प्रबल राई, दुरदर्शनका संवाददाता सुमन गजमेर र अंग्रेजी दैनिकका संवाददाता निता निराश सामेल रहेका छन्‌।

पत्रकारहरूको समाजप्रतिको योगदानलाई कदर गर्दै साथै उनीहरूलाई समाजको हितमा काम गर्न प्रोत्साहित गर्ने उद्देश्यले अभिनन्दन जनाइएको हो। यस अवसरमा मुख्य अतिथिकोरुपमा उपस्थित राज्यपाल श्रीनिवास पाटिलको बाहुलीद्वारा पत्रकारहरूलाई अभिनन्दित गरियो। कार्यक्रममा गान्तोकका महकुमा अधिकारी सुनिल मोथे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यपालले पत्रकारहरूलाई देशको चौथो स्तम्भ मानिन्छ भने उनीहरूले समाजको हितमा निरन्तर योगदान पुर्या्इरहेको बताए। पत्रकारहरूले आम मानिसहरूमा आफ्नो हक र अधिकारबारे सचेतना जगाउने साथै जनतामाझ मत सृजना गर्ने कार्य गरिरहेको अवगत गराए। हाम्रो समुदाय सूचनाको निम्ति पूर्णरूपमा मीडियामाथि निर्भर रहने साथै मीडियमा प्रकाशित समाचार आदान प्रदान गर्ने गरेको पनि उनले बताए।पत्रकारहरूद्वारा गरिएको कार्य पूर्णरुपमा निष्पक्ष रहने पनि राज्यपालले आफ्नो सम्बोधनमा बताए।

तर, अहिले सोसियल मीडियाका कारण मेन स्ट्रीम मीडिया अझ महत्वपूर्ण बन्दै गइरहेको पनि उनले अवगत गराए। कम मूल्यमा पाइने स्मार्ट फोनको कारण झुटो समाचारहरू निरन्तर आइरहेको विषयमा राज्यपालले प्रकाश पारेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares