‘हामीलाई पनि पर्जापट्टा चाहिन्छ’

खरसाङ, 7 अगस्त


खरसाङ नगरपालिका अन्तर्गत पर्ने चियाबारी क्षेत्रहरूमा पनि पर्जा पट्टा दिनु पर्छ भनी माग गर्दै गोजमुमोद्वारा खरसाङ नगरपालिका अध्यक्ष र उपाध्यक्ष समक्ष ज्ञापन दिइएको छ। गोजमुमोको खरसाङ महकुमा समिति र टाउन कमिटिको पक्षमा  ज्ञापन दिन्दै नगरपालिकाको वार्ड  नम्बरहरू क्रमैले 14, 17, 19, 20 अन्तर्गत पर्ने चियाबारी क्षेत्रहरूमा पनि पर्जा पट्टा पाउनुपर्ने अनि यसको लागि खरसाङ नगरपालिकाले आफ्नो तर्फबाट पहल गर्नु पर्ने माग गरिएको छ।

त्यसरी नै यस विषयमा नगरपालिकाले बोर्ड सभामा पारित गरेर एक कपि जीटीएलाई पनि पाउनु पर्ने माग गरिएको छ। ज्ञापनमा खरसाङ नगरपालिका क्षेत्रहरूको जमीनको सर्वेक्षण हुनुपपर्ने तथा भूमि अनि भूमि सुधार विभागसित मिलेर यस काम पूरा गर्नु पर्ने माग गरिएको छ।

त्यसरी नै वार्ड नम्बर 1 र 2 मा हाम्रो मानिसहरू लगभग सन् 1879 देखि बस्दै आएको भन्दै त्यहाँ नगरपालिका अन्तर्गत परे पनि पर्जा पट्टा र कुनै कागज पत्रहरू नभएको कारण नगरपालिकाले सम्बन्धित निकायहरूमा सोधखोज गरेर कागज पत्रहरू प्रदान गर्न पहल गर्नु पर्ने माग पनि गरिएको छ।

ज्ञापनमा नगरपालिकाद्वारा गरिने विकासका कार्यहरू पनि निष्पक्ष, पारदर्शितासाथ गुणस्तरीय रूपमा गरिनु पर्ने माग पनि गरेका छन्। गोजमुमोको ज्ञापनपछि खरसाङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बु र उपाध्यक्ष ब्रिगेन गुरूङ लगायत नगरपार्षदहरूको उपस्थितिमा उक्त ज्ञापन गोजमुमो खरसाङ महकुमा समितिको सभापति किशोर थापाको बाहुलीबाट दिइएको छ।

उक्त ज्ञापनपछि नगरपालिकाको पक्षमा अध्यक्ष र उपाध्यक्षद्वारा 15 अगस्टसम्म व्यास्त रहेको कारण 15 अगस्टपछि सबैको सहयोग र सल्लाह लिएर पर्जा पट्टा विषय लिएर पहल गर्ने र सम्बन्धित विभागलाई सम्पर्क गरेर मिलेर काम गर्ने भएका छन्।

यस ज्ञापन दिने समूहमा गोजमुमोको केन्द्रीय नेत्री छिरिङ दाहाल, जीटीए बिओए सदस्या अनु प्रधान र जैतुन निशा, केन्द्रीय सदस्यहरू योगेन्द्र राई, लक्ष्मण राई, शरण देवान, खरसाङ महकुमा समितिको सभापति किशोर थापा,  महासचिव अनोश थापा,  उपाध्यक्ष अमीर प्रधान लगायत नारी, युवा मोर्चाका प्रतिनिधिहरू उपस्थित थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares