नमस्ते खरसाङले गऱ्यो सम्मान

खरसाङ , 7 अगस्त


स्थानीय च्यानलहरुमध्ये एक “नमस्ते खरसाङ ” च्यानलको दोस्रो स्थापना दिवस  च्यानल कार्यालयमा पालन गरिएको छ । यस अवसरमा विभिन्न क्षेत्रमा असल योगदान दिने तीनजनालाई सम्बर्द्धना गरिएको छ । केही जाँगरिला युवाहरूले दुई वर्ष अघि 7 अगस्त 2016 देखि खरसाङमा गुणस्तरीय लोकल च्यानलको अभाव मेटाउन सुरू गरेको यस नमस्ते खरसाङ च्यानलले दुई वर्ष टेकेको छ।

च्यानलको दोस्रो स्थापना दिवसमा उपस्थित अतिथिहरू क्रमैले आकाशवाणी खरसाङको पूर्व कार्यक्रम निष्पादक टि छोपेल, समाज सेवक टि टि लामा, सङ्गीतकार महेश्वर लामा, वरिष्ठ पत्रकारहरू एमएल पञ्चम र सञ्जय प्रधानको उपस्थितिमा केक काटेर पालन गरिएको छ । यस अवसरमा नमस्ते खरसाङ च्यानललाई विभिन्न पक्षबाट सहयोग गर्नेहरू क्रमैले आकाशवाणी खरसाङको पूर्व कार्यक्रम निष्पादक टि छोपेल, समाज सेवक टिटि लामा र सङ्गीतकार महेश्वर लामालाई सम्बर्द्धना गरिएको छ ।

तीनैजनालाई नमस्ते खरसाङको प्रबन्ध निर्देशक छुबु पोद्दार, निर्मल गुरूङको बाहुलीबाट खदार्पण, सम्बर्द्धना पत्र र नमस्ते खरसाङ लेखेको स्मृति चिन्ह प्रदान गरेर सम्मान् गरिएको छ। यस अवसरमा नमस्ते खरसाङ च्यानलको प्रबन्ध निर्देशक छुबु पोद्दारले दर्शकहरूको माया, प्रेरणा र सुझाव- सल्लाहहरूको लागि धन्यवाद दिए।

उनले आगामी पनि दर्शकहरूको सकारात्मक र असल सुझाव सल्लाहहरुद्वारा नै हाम्रो च्यानल अझ राम्रो भएर जाने आशा व्यक्त गरे। उल्लेख्य छ नमस्ते खरसाङ च्यानलले आफ्नो स्थापनाको दोस्रो वर्षभित्र नै खरसाङ लगायत वरिपरि क्षेत्रका विभिन्न समस्याहरू उजागर गरेको तथा विभिन्न सामाजिक कार्यहरू पनि च्यानल मार्फत् गरिरहेका छन् ।

यसको साथै साहित्य, कला, खेलकूद, संगीत र अन्य क्षेत्रका व्यक्ति व्यक्तित्वहरूको संरक्षण साथै हौसला र प्रेरणा दिने काम गरिरहेका छन्। कार्यक्रमको सञ्चालन सुप्रिना गिरीले गरेका थिए भने स्वागत सम्भाषण सबिना गिरीले राखेका थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares