विनयले लगाए जिम्बालाई 5 करोडको मानहानीको मुद्दा : तर लगाएनन् विमल गुरुङलाई लगाउँछु भनेको मुद्दा

दार्जीलिङ, 7 अगस्त


गोजमुमो अध्यक्ष विनय तामाङले व्यक्तिगत आक्षेप लगाएको भन्दै  गोरामुमोका नेता नीरज जिम्बामाथि 5 करोड़को मानहानिको मुद्दा लगाएका छन्। गोजमुमो अनि गोरामुमोबीच राजनैतिक बनाभैरी चलिरहेकै छ। यसैबीच खरसाङको जनसभाबाट जिम्बाले तामाङको चारवटी स्वास्नी भएको आरोप लगाएका थिए।

तामाङले यसैविरुद्ध  दार्जीलिङ अदालतको सिविल जज सीनियर डिभिजनमा मानहानीको मुद्दा दर्ता गरेका हुन्। ‘3 अगस्तको दिन अदालतले यो मुद्दालाई स्वीकार गरेको छ,’ विनय तामाङका उकिल तरङ्ग पण्डितले भने।

यो मुद्दाका लागि जिम्बालाई समन जारी भइसकेको छ। पण्डितले यसको सुनवाइ आगामी 27 अगस्तदेखि शुरु हुने बताएका छन्।

तामाङले जिम्बालाई आफ्नो मानमर्यादामा आँच आउने गरी आरोप लगाएको भन्दै मानहानीको मुद्दा ठोके पनि विमल गुरुङलाई भने उनले मुद्दा अहिलेसम्म हालेका छैनन्। तामाङले  केही महिलाहरूमाथि विमल गुरुङले शारिरिक शोषण गरेको आरोप लगाएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares