दुइ सङ्गठनले भेट्यो राजनाथ सिंह : गोर्खाल्याण्ड लगायतका मागबारे चर्चा भयो-खाती

Girl in a jacket

दिल्ली, 7 अगस्त


अखिल भारतीय गोर्खा लीग(अभागोली) -ले भारतका गृहमन्त्री राजनाथ सिंहलाई भेट गरी छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा ज्ञापन सुम्प्यो। छुट्टै राज्य गठनको माग लिएर अभागोलीको एउटा टोली आज दिल्ली पुगेको थियो। टोलीमा अभागोलीका अध्यक्ष एसके प्रधान, महासचिव प्रताप खाती छन् अनि अन्य सामेल छन्।

गृहमन्त्रीसितको भेट वार्ताअवधि अभागीलीसँग गोर्खाल्यान्ड पिपल्स मूभमेन्ट (साझा मञ्च)-का वन्दना राई र  सङ्गीता लिम्बू पनि उपस्थित थिए। टोलीले गृहमन्त्रीलाई उनकै कार्यालायमा भेट गरेको गोर्खालीग महासचिव प्रताप खातीले जनाए।

‘छुट्टै राज्य गोर्खाल्याण्डबारे सिंहले सरकार गम्भीर रहेको बताएका छन्,’खातीले भने, ‘हामीले बङ्गालमा एनआरसी लागू हुनुपर्नेलगायत चियाकमानका सम्पूर्ण चियाश्रमिकलाई जनजातिको दर्जा दिइनुपर्ने, 11 जातगोष्ठीहरुलाई जनजातिको दर्जादिनुपर्नेजस्ता माग पनि गरेका छौँ।’

गोर्खाल्यान्ड मागबारे केन्द्र सरकारलाई अवगत रहेको गृहमन्त्रीले बताएको खातीले जनाए।

गोर्खाल्यान्ड आन्दोलनको इतिहास उल्लिखित ज्ञापन लीगले गृहमन्त्रीलाई चढाएको पनि खातीले जनाए। ज्ञापनमा बङ्गालमा बढ़्दो बङ्ग्लादेशी नागरिकहरूको अवैध अनुप्रवेशविरुद्ध कठोर कार्वाही गरिनुपर्ने माग पनि ज्ञापनको रहेको उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया