गोरानिमो महासचिवको आरोप- ‘विमल-विनयबीच साँठगाँठ छ र त एकार्कालाई मुद्दा लगाएको छैन’

कालेबुङ, 8 अगस्त


गोर्खाल्याड राज्य निर्माण मोर्चाका महासचिव सुदर्शन राईले विमल गुरुङ र विनय तामाङबीच बुझाबुझको साँटगाँठ रहेको आरोप लगाएका छन्। ‘विनय तामाङले निरज जिम्बामाथि मानहानीको मुद्दा लगाए, त्यसमा हाम्रो भन्नु केही रहेन तर अचम्म त त्यहाँ छ,’ राईले भने, ‘मानहानीको मुद्दा त विनय तामाङले विमल गुरुङविरुद्ध लगाउने भनेका थिए। खै त त्यो मुद्दा लगाएको?’

राईअनुसार विनय तामाङले केन्द्रीय नेताहरूको विदेशमा भएको होटेल, फार्महरुको प्रमाण सहित जनता समक्ष उदाङ्गो पार्छु भनेका हुन्, तर अहिलेसम्म पारेको छैन। विमल गुरुङलाई लागेको मुद्दाहरू मोर्चा नफुटी लगाको हो। फुटेपछि विनय त विमलबीच विभिन्न किसिमका आरोल लगाउने खेला भयो।

‘विमलले पनि विनयलाई मानहानीको मुद्दा लगाउँछु भनेका थिए तर लगाएनन्,’ राईले भने, ‘विनयले पनि विमललाई मानहानीको मुद्दा लगाउँछु भनेका थिए तर लगाएनन्। दुवै मौन छन्, यसको अर्थ दुवैको साँठगाँठ र सुझबुझमा जनतालाई उल्लु मात्र बनाउने खेल भइरहेको छ भन्ने हुन्छ।’

विनय र विमलबीच एकजनाले आफूलाई बचाउन जङ्गल पस्ने र पहाडलाई एकजनाले सम्हाल्ने किसिमको सम्झौता भएकोसमेत राईले बताएका छन्। ‘भाषाको आन्दोलन गोर्खाल्याण्डमा कन्भर्ट भयो, रणनीति नबनाइ आन्दोलन चर्कियो। पारा बिग्रियो र विमललाई साह्रो पऱ्यो,आन्दोलन जारी पनि राख्न नसक्ने, अघि पनि बढाउन नसक्ने भएपछि विमल र विनयले चलेको चाल अनुसार आन्दोलन शिथिल गरिएको हो’, राईले भने, ‘यदि उनीहरूले सुझबुझमा यसो गरेको होइन भने किन एकार्कालाई मुद्दा लगाउँदैनन् त?’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares