‘मनको साथी’ खोज्दै अनुपमा (भिडियोसहित)

 

खबरम्यागजिन डेस्क


दार्जीलिङका चर्चित साङ्गीतिक जोडी अनुपमा-पुजनका म्युजिक भिडियोहरू अहिले निरन्तर निस्किरहेको छ। पछिल्लो समय दुवैको ‘हावा घरैमा’-ले निक्कै चर्चा बटुलेको थियो। 2011 मा पुजन निनाद लिएर आएका थिए, अनुपमा दक्षिणा।

दुवैको बैवाहिक जीवन जति जमिरहेको छ, साङ्गीतिक जीवन पनि जमिरहेकै छ। यद्धपि यसपट अनुपमा आफ्नो साथीको खोजीमा निस्किएकी छन्। कुरा हो, भर्खरै सार्वजनिक म्युजिक भिडियो-मनको साथीको।

‘कोही थियो मेरो साथी…मनको साथी,’ गाउँछिन् अनुपमा, ‘समयले छुट्यायो, समयले नै भेटाउने हो कि? मनको साथी-मा-अनुपमाको स्वर छ। शब्द-सङ्गीत पुजन लोहागुणको। सङ्गीत संयोजन छ, सुरेन बर्मेको।

स्पन्दन सिंह र एशानी आचार्यले अभिनय गरेको मनको साथी म्युजिक भिडियोलाई सोनाम पाखरिनले निर्देशन गरेका हुन्। डिका गुरुङको छायाङ्कन र शुसिल न्योपानेको सम्पादनमा आएको यो म्युजिक भिडियोले विस्तारै दर्शकलाई तानिरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares