सुरेल बङ्लो र रवीन्द्र भवन अब हेरिटेज पर्यटन स्थल

Girl in a jacket

दार्जीलिङ, 8 अगस्त।


राज्य र जीटीएले मङ्पूको सुरेल बङ्लो र रवीन्द्र भवनलाई हेरिटेज पर्यटन स्थलको रूप दिने योजना बनाएको छ। आज रवीन्द्रनाथ टेगोरको 78औं पुण्यतिथिको अवसर पारेर राज्यका पर्यटन मन्त्री गौतम देव र जीटीए अध्यक्ष विनय तामाङले यस्तो जानकारी गराएका छन्।

आज दार्जीलिङ जिल्ला प्रशासनको तत्वावधानमा मङ्पूको रवीन्द्रनाथ भवन परिसरमा रवीन्द्रनाथ टेगोरको पुण्यतिथि पालन गरिएको थियो, जसलाई सम्बोधन गर्दै मन्त्री देवले भने-राज्य सरकारले मङ्पूमा राज्य विश्‍वविद्यालय निर्माण गर्ने भएको छ भने यहाँ राज्यको पर्यटन विभार अनि जीटीए मिलेर पर्यटनमाथि धेरै कार्य गर्ने योजना बनाइएको छ। यसरीनै जीटीए अध्यक्ष विनय तामाङले पनि कार्यक्रमलाई सम्बोधन गर्दै रवीन्द्र टेगोरप्रति श्रद्धाञ्जलि अर्पण गरे।

यसैबीच, उऩले मङ्पूको सुरेल बङ्लोलाई पुनः निर्माण गर्ने बताउँदै यस बङ्लोका साथै रवीन्द्र भवनलाई पनि हेरिटेज पर्यटन स्थलको रूप दिने योजना बनाएको बताए। उनले भने-मङ्पू अघिबाटै रवीन्द्रनाथ टेगोर अनि औषधीय वनस्पतिको कारण प्रसिद्ध थियो भने अब आगामी केही वर्षपछि यो स्थान शिक्षा केन्द्रको रूपमा पनि परिचित हुनेछ। यसैले यस स्थानको गरिमालाई बनाइराख्न स्थानीय बासिन्दाहरूले पनि विशेष ध्यान दिनपर्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया