एक हप्ता प्लास्टिकजन्य समान नचलाउने अभियान शुरु

गान्तोक, 9 अगस्त।


जिरो वेस्ट हिमालय डे-को अवसरमा सिक्किमको पर्यावरणमा देखा परेको प्लास्टिक सङ्कटलाई रोक्न प्लास्टिक फ्रिडम च्यालेञ्ज सप्ताह शुरू गरिएको छ। जिरो वेस्ट हिमालय, वर्ल्ड वाइल्डलाइफ फण्ड (डब्लुडब्लुएफ)-को तत्परतामा आयोजित जिरो वेस्ट हिमालय डे कार्यक्रममा आउँदो एक हप्तासम्म प्लास्टिकजन्य पदार्थ र उत्पादहरू प्रयोग नगर्ने र प्रयोगको निम्ति हतोत्साहित गर्नुपर्ने प्रणको साथमा यो अभियान सञ्चालन गरिएको जिरो वेस्ट हिमालयका सक्रिय स्वयंसेवी प्रियदर्शनी श्रेष्ठले भने अहिले विश्वमा 8.6 मिलियन टन प्लास्टिक उत्पादन हुँदैछ भने त्यसमा 60 प्रतिशत प्लास्टिक तत्काल फोहोरमा परिवर्तन हुने कार्यको निम्ति प्रयोग गरिन्छ।

त्यसैगरी सिक्किममा सबैभन्दा धेरै प्लास्टिक ब्याग र मल्टिलेयर्ड प्लास्टिक समस्याको रूपमा रहेको बताए। यसैगरी कार्यक्रममा उपस्थित ग्रामिण प्रबन्धन विकास विभागका विशेष सचिव तथा स्वच्छ भारत अभियानका मिशन डाइरेक्टर अनिल राज राईले कानुन मात्र बनाएर होइन तर व्यावहारिक रूपमा उतार्नको निम्ति सबै सचेत हुनुपर्ने बताए। यसैगरी इकोसका प्रतिनिधि आरपी गुरुङले प्लास्टिकबाट प्रदूषण मुक्त पार्ने दिशामा निरन्तर रूपमा कार्य गरिने तथा त्यसलाई व्यावहारिक रूपमा अवलम्बन गर्नु अनिवार्य रहेको बताए।

आगामी 15 अगस्तसम्म यो अभियान चलाइने बताइएको छ। कार्यक्रममा स्वयं सेवी सहायता समूहहरूको तर्फबाट उपस्थित स्वयंसेवीहरूलाई प्लास्टिक मुक्त बटन फ्लावर, टीसर्ट ब्याग आदि बनाउने जानकारी गराइयो। कार्यक्रमले आगामी एक सप्ताहसम्म कुनै प्लास्टिकजन्य समानहरू प्रयोग नगर्ने प्रतिबद्धतासहित आफ्ना निकटका व्यक्तिहरूलाई पनि प्रोत्साहित गर्ने निर्णय गरियो। यो अभियानअन्तर्गत सिक्किम, दार्जीलिङ, नागाल्याण्ड, मणिपुर, उत्तराखण्ड र हिमाचल प्रदेशहरूमा पनि ह्यासट्याग प्लास्टिक फ्रिडम च्यालेञ्ज सप्ताह पालन गरिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares