अब सिक्किममा ड्रग्स खानु चाहिँ होइन ड्रग्स बेच्नु मात्र अपराध मानिने मुख्यमन्त्रीको घोषणा

 गान्तोक, 9 अगस्त।


सिक्किममा ड्रग्स ओसार पसार गर्ने विरूद्ध अझ कडा कानुनी कार्वाही गर्ने प्रावधान ल्याइने अनि अबदेखि उसो सिक्किममा ड्रग्स सेवनलाई अपराध नमानिने मुख्यमन्त्री पवन चामलिङले घोषणा गरेका छन्‌। उनी बुधबार राजधानीदेखि 15 किलोमिटर टाडास्थित सरमसा गर्डनमा आयोजित राज्यस्तरीय लेप्चा पर्व टेण्डोङ ल्हो रूमफातको कार्यक्रममा मुख्यअतिथिको रूपमा बोल्दै यसप्रकारको घोषणा गरेका हुन्‌। उनले अझ भने, ड्रग्स सेवनलाई कानुनी अपराध नमानेर यसलाई बिमारको रूपमा मानिनेछ अनि बिमारलाई चिन्हित गरेर उपचार गराइने छ। अपराधी भनेर घोषणा गर्दा समाजमा उनको इज्जत जाने हुँदा बिमार भन्ने अनि उपचार गराइने छ।

उनले सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) 2006 लाई संसोधन गरेर अझ कडा कानुनको रूपमा स्थापित गरेर राज्यमा ड्रग्स ओसार पसार गर्ने ड्रग्स तस्करहरूलाई अहिलेको भन्दा दोब्बर दण्ड तोक्ने आशय व्यक्त गरे। यसैगरी उनले अब सिक्किमेहरूमा ड्रग्सको दुर्व्यवसनी विरूद्ध लड्ने सचेतना अभियानको निम्ति बलिवुड अभिनेता सञ्जय दत्तलाई ब्राण्ड एम्बासेडर बनाउने निर्णय गरिएको र यसबारे प्रयास शुरु गरिसकेको मुख्यमन्त्रीले बताए। यसबारे उनले उदाहरण दिँदै भने सञ्जय दत्तले हाम्रो समाजमा ड्रग्स सेवन गर्नेहरूलाई राम्रोसित यसबारेमा बुझाउन सक्नेछन्। किनभने उनले ड्रग्सबाट हुने हानी बेहोरेर अनुभव बटुलिसकेका व्यक्ति हुन् जसरी विश्वमा अहिले ब्राण्ड एम्बासेडरको रूपमा अमेरिकाको पूर्व राष्ट्रपति बराक ओबामा रहेका छन् भने भारतको निम्ति सञ्जय दत्त ठूलो उदाहरण हुने उनले बताए।

सरमसामा तीन दिवसीय राज्यस्तरीय टेण्डोङ ल्हो रूम फातको समापन समारोहमा मुख्यमन्त्री चामलिङको बाहुलीबाट तीनवटा पुरस्कार पनि प्रदान गरियो भने आयोजक समितिद्वारा उनलाई सम्मान पनि जनाइएको थियो। कार्यक्रममा लेप्चा समुदायको मुख्य निवासस्थल उत्तर जिल्लाको जङ्गुलाई आदिम जनजाति वर्ल्ड बनाउने घोषणा गरेको कुरालाई लेप्चा समुदायबाटै यस नामलाई अलिक परिवर्तित गरेर नामाकरण गरिदिने सुझाउ आएको हुनाले यसबारे जनतालाई सुझाउ पठाउने आह्वान गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares