सिङताममा अष्टजाम पूजा भव्यताको साथमा सम्पन्न

सिङताम, 9 अगस्त।


सिङतामका बिहारी समुदायद्वारा पछिल्लो 15 वर्षदेखि लगातार रूपमा पालन गर्दै आएको परम्परागत अष्टजाम पूजा भव्यताको साथमा सिङतामको लाल बजारमा पालन गरियो। परम्परागत अष्टजाम पूजामा 24 घण्टा लामो हरे राम हरे कृष्ण जाप र 24 घण्टा हवन गरियो। यसका साथै हरेराम हरेकृष्ण जाप शुरु हुनसाथै 24 घण्टै पूजामा उपस्थित कोही न कोही व्यक्ति लगातार मण्डपको परिभ्रमण गरिने परम्परा रहेको छ जसलाई विधिवत रूपमा पालन गरिएको थियो।

आयोजक समितिका अध्यक्ष मनोज प्रसाद र कार्यकारी सदस्य तारकेश्वर प्रसादले यसबारेमा जानकारी दिँदै भने, पूजाको मुख्य उद्देश्य शान्ति र समृद्धिको कामना गरेर गरिने गरिएको छ। हामीले यो पूजा सिक्किमको शान्ति र समृद्धिको कामना राखेर वार्षिक रूपमा गर्दै आएका छौं। पूजामा तादोङ र सिङताम क्षेत्रका मानिसहरूको व्यापक उपस्थिति रहेको थियो। पूजाको समापन परम्परा अनुसार राम विवाह पछि भएको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares