एनबीयूमा शुरु भयो सीबीसीएस : पहाडमा शुरु भयो विरोध

दार्जीलिङ, 9 अगस्त।


यसपालीदेखि उत्तर बङ्गाल विश्‍वविद्यालयमा पनि सीबीसीएस (चोइस बेस्ड क्रेडिट सिस्टम) प्रणाली लागू भएको कारण जनवरी-फरवरी महीनामा पनि महाविद्यालयहरू लाग्ने विषयको दार्जीलिङको साउथफिल्ड महाविद्यालयका विद्यार्थीहरूले विरोध जनाएका छन्।

ठण्डा महीनामा दार्जीलिङ पहाडको मौसम अतिनै ठण्डा हुने साथै दिन छोटो हुने भएको कारण यस समय विद्यार्थीहरूलाई धेरै असुविधा हुने बताएका छन्। उनीहरूले भनेका छन्-जनवरी-फरवरी महीनामा दार्जीलिङ पहाडमा अत्यधिक चिसो हुन्छ अनि साँझ 5 बजीनै रात पर्छ। यदि यस समय महाविद्यालय लागे विशेष टाडा-टाडाका विद्यार्थीहरूलाई धेरै असुविधा हुन्छ।

किनभने, दार्जीलिङको साउथफिल्ड महाविद्यालयमा दार्जीलिङ शहरी क्षेत्रका विद्यार्थी मात्रै होइन, सोनादा, मानेभञ्ज्याङ, बदमताम, बिजनबारी, सुकेपोखरी, रकगार्डनलगायत अन्य स्थानका विद्यार्थीहरू पनि पढ्छन्। जसले आफ्नो घरबाटनै महाविद्यालय आउँछन्।

तर ठण्डा महीनाको समय महाविद्यालय लागे यी दैनिकरूपमा घरबाट महाविद्यालय धाउने विद्यार्थीहरूलाई असुविधा हुनेछ। यस विषयलाई लिएरनै आज यी विद्यार्थीहरूले जीटीए अध्यक्ष विनय तामाङ, दार्जीलिङका विधायक अमरसिंह राईलाई पनि भेट गरेर ज्ञापन दिएका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares