बिएसएनएलले गऱ्यो श्रमिक शोषण : ‘हामीलाई वेतन देउ’

कालेबुङ, 9 अगस्त


बिएसएनएल कम्पनीले मार्च महिनादेखि वेतन नदिएकोमा कर्मचारीहरू क्षुब्ध बनेकका छ्न्। आज एक पत्रकार सम्मेल डाकी बिएसएनएल कन्ट्रेक्टर वर्कर युनियन हिल डिभिजले कम्पनी विरूद्ध खोइरो खने।
सङ्गठनका सचिव प्रमेश प्रधानले भने अनुसार कम्पनीमा काम गर्दा पहिलेदेखि नै धेरै अन्याय भइरहेको थियो। त्यसको विरूद्ध सङ्गठन लड्दै थियो। 19 जनवरी 2017 मा कम्पनीका कर्मचारीहरूलाई बाँच्न गाह्रो भइरहेछ, सेलरी डबल गर्नुपर्छ भनेर केन्द्र सरकारबाट आदेश जारी भएपछि कम्पनीले सेलरी बढाई दियो।

कम्पनीमा फन्ड कम्ति भएकाले दुई महिना या तीन महिनामा सेलरी दिइरहेको थियो। तर यसवर्षको मार्च महिनादेखि कर्मचारीहरूलाई कम्पनीले एक कन्ची पैसा पनि दिएको छैन। सिलगढी बिएसएनएल एसएसमा वेनत माग्नु जाँदा फन्ड छैन भनेर टारिदियो। यसरी कम्पनीले कर्मचारीहरूलाई शोषण गरिरहेको उनको आरोप छ। यो शोषणको विरूद्ध सङ्गठनले कालेबुङ जिल्लापाल लगायत सम्बन्धित अधिकारीहरूलाई ज्ञापन चढाएको उनले जानकारी गराए। यसपछि पनि कम्पनीले टेरेन भने कानुनी तवरले कम्पनीलाई सङ्गठनले अल्टिमेटम दिने उनले चेताउनी दिए।

प्रधानको सवाल यो थियो कि कर्मचारीहरूको सेलरी बढाउन केन्द्र सरकारले अध्यादेश जारी गर्छ भने त्यही सरकारको विभागले कर्मचारीहरूलाई किन शोषण गरिरहेछ। सङ्गठनले कम्पनीले वेतन नदिएको विषयबारे प्रधानमन्त्री कार्यालाय पनि जनाएको थियो, प्रधानले भने, तर कम्पनीले अगावै अप्रेलसम्मको सेलरी दिइसकेको छ भनेर जनाएको रहेछ। यसरी ढाँटेर सिलगढी बिएसएनएल जिएमले सन्देश पठाएको छ।

उनले थप भने अनुसार अहिले कम्पनीमा जम्मै ठाउँका गरेर 354 जना अस्थायी कर्मचारी कम्पनीमा कार्यरत छन्। अहिले कसैले काम नगरेकाले स्थायी कर्मचारीहरूमाथि कामको चाप बढेको छ। यतिले भएन भने सङ्गठनले कम्पनीको शोषण विरूद्ध धरना प्रदर्शन गर्ने उनले चेताउनी दिए। कर्मचारीहरूको वेतन कम्पनीले चाँडो प्रदान गर्नुपर्ने उनले माग गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares