12 घण्टे स्टेडियम रनमा सिक्किमका शिवहाङ सुब्बा बने चौथो

गान्तोक, 9 अगस्त।


सिक्किमका युवा धावक शिवहाङ सुब्बा 12 घण्टे स्टेडियम रन बेङ्गलोरमा 101.05 किलोमिटर दौड लगाएर प्रतियोगितामा टप 4 मा आफ्नो स्थान बनाउन सफल बनेका छन्। भारतभरिको विभिन्न राज्यबाट 80 जना धावकले सहभागिता जनाएको यो प्रतियोगितामा पश्चिम सिक्किमको टिमब्रोङ गाउँका 22 वर्षीय युवा शिवहाङले पहिलो पल्ट राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएका हुन्।

प्रतियोगिता गत 4 अगस्त सॉंझ पॉंच बजी शुरू भएर र 5 अगस्त बिहान समाप्त भएको थियो। युवा धावक सुब्बा पहिलोपल्ट राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएको भएपनि राम्रो स्थानमा आफूलाई उभ्याउन सफल भएकोमा प्रशिक्षक म्याराथनम्यान अमर सुब्बाले खुसी व्यक्त गरेका छन्। यद्यपि, उनले राज्यमा आयोजन भइरहेका विभिन्न दौड़ प्रतियोगिताहरूमा भने भाग लिॅंदै आइरहेका छन्। धावक सुब्बाले हालमा सिक्किमका म्यारथन म्यान अमर सुब्बाको देखरेखमा प्रशिक्षण लिइरहेका छन्।

उनले यस दौड़ प्रतियोगिताको निम्ति आफूले धेरै परिश्रम गरेको बताए। उनले पहिलोपल्ट कुनै राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिने अवसर पाएकोमा खुशी व्यक्त गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares