जमिन सुरक्षाको नाममा एसडीएफ सरकारले समाजलाई झनै टुक्रायोः जेएसी

गान्तोक, 9 अगस्त।


एसडीएफसरकारद्वारा हालै विधानसभामा पारित गरेको सिक्किम विनियमन भूमि हस्तांतरण (संशोधन) विधेयक 2018 ले पहिलेबाटै जात-जातमा टुक्रिएको सिक्किमे समाजलाई अझ जमिनको नाममा पनि टुक्राउने कार्य गरेको आरोप लगाउँदै सिक्किम सब्जेक्ट कमिटि तथा जोइन्ट एक्सन कमिटि (जेएससी) का मुख्य संयोजक नविन किरण प्रधानले विधेयकको प्रतिवाद गरेका छन्।

उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, यो विधेयकले सिक्किमे समाजमा थप फुट ल्याएको छ। किनभने अहिलेसम्म जात-जातमा बाडिएको समाजलाई अब जमीनको नाममा पनि बाड्ने कार्य भएकोछ। जमीन किन्नको निम्ति आफ्नो जात थर र गोत्र खोज्दै हिँड्नुपर्ने बाध्यता आइपरेको छ।

नेपाली समाजलाई यस्तो कानुन बनाएर भताभुङ्ग पार्ने कार्य गरेको आरोप लगाउँदै यस्तो सरकारलाई अब सत्तामा राख्नु नहुने र सत्ताच्युत गर्न सबै तयार हुनुपर्ने आह्वान गरे।
पत्रकार सम्मेलनलाई जेएसीका अन्य प्रतिनिधि अनिता गुरुङ र अन्यले पनि सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares