चालकहरूको लागि खुशीको खबर : दुःख दिने ट्राफिक पुलिसबाट चालकहरूले पाउने भए छुटकारा

कालेबुङ, 10 अगस्त


आफ्नै धुनले गइरहेको गाडीलाई बाटैमा रोकेर कुनै पनि ट्राफिक पुलिसले कागजपत्र मागेको र कुनै कागज नहुँदा दुःख दिएको त तपाईँहरूले देखिरहनु भएकै हो।

अझ चालकहरूलाई बाटैमा रोकेर कागज माग्ने र कोहीकोहीले त गोजीमा सुटुक्क लगाइमागेर काम निब्ट्याउने गरेको पनि थाहा छ। यस्ता ट्राफिक पुलिसको अब दिन गयो।

अबउसो ट्राफिक पुलिसले जहीं तहीं गाड़ी रोकेर ओरिजिनल डकुमेन्ट माग्दै चालकलाई हैरान पार्न नपाउने भए।

केन्द्रिय रोड एवं ट्रान्सपोर्ट मन्त्रालयले दिएको निर्देश अनुसार अबउसो चालकले ओरिजिनल डकुमेन्ट्स नै देखाउनु पर्ने जोड़जबर्जस्ती छैन।

भारत सरकारले जून महिनामा थालेको मोबाइल एप ‘डिजि-लकर’ –मा स्टोर गरिएको लाइसेन्स वा सम्बन्धित दस्तावेज देखाएपछि ट्राफिक पुलिसले चालकलाई छाड़िदनु पर्ने हुन्छ।

‘डिजि-लकर’ सरकारले भारतीय नागरिकलाई आधार कार्ड, प्यान कार्ड, प्रमाण पत्र, पासपोर्टलगायत ड्राइभिङ लाइसेन्सजस्ता दस्तावेजलाई डिजिटल्ली स्टोर गरेर राख्न दिएको एप सुविधा हो।

जसलाई कसैले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर चलाउन सक्नेछन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares