एसकेएम अध्यक्ष पीएस गोले जेल मुक्त: भने- अब एक व्यक्तिको होइन सिक्किमेको सपनाको सिक्किम बनाउन निरन्तर लागिपर्नेछु

गान्तोक, 10 अगस्त।


सिक्किमको प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष पीएस गोले एक साल लामो कारवासको दण्ड भोगेर आज बिहान ठिक 10 बजी रोङ्गेक स्थित राज्य सुधार गृहबाट मुक्त भए। कारावासबाट निस्कनसाथै उनले राजनैतिक अभियानमा जुटे। हजारौं समर्थकले उनलाई स्वागत गरेर उनको मुक्तिको दिनलाई एसकेएमले जन उन्मुक्ति दिवसको रूपमा पालन गरिरहेको छ।

जेलबाट बाहिर निस्कन साथै उनले पहलोपल्ट प्रेसलाई सम्बोधन गर्दै भने, “ सिक्किमे जनताको लागि एक वर्षसम्म मैले काम गर्न सकिनँ, म नहुँदा पनि जनताले आवाजलाई बुलन्द गरेर यो जनसैलाब छ त्यो जुटाउनु भयो तपाईहरूको समक्षमा आज म खडा छु अबदेखि उता मेरे जति पनि रहल जिन्दगी छ सिक्किम आमालाई कसम खाएर सिक्किमे  जनतालाई कसम खाएर  म अब निरन्तर रूपमा सिक्किम आमाको सेवाको निम्ति निरन्तर खट्नेछु, सिक्किमे जनतालाई आज जुन तानाशाही  चङ्गुलमा कैद भएको छ त्यो कैदबाट निकाल्ने हरदम प्रयास गर्ने छु चाहे मेरो प्राण गए पनि जाओस मलाई कुनै परवाह हुनेछैन।”

“पार्टी र सिक्किमे जनताको निर्णय अनुसार पूर्ण रूपमा  मैदानमा निस्कन हामी तयार छौं। सिक्किमलाई मेरो सपनाको सिक्किम होइन सिक्किमे जनताको सपनाको सिक्किम बनाउऩ चहान्छौं। कुनै पनि व्यक्तिको सपनाको सिक्किम भएको कारण आज सिक्किम बर्बाद भएर गएको छ। त्यसैले गर्दा खेरी हामी एसकेएम पार्टीले हाम्रो व्यक्तिको सपनाको सिक्किम होइन सिक्किमे जनताको सपनाको सिक्किम निर्माण गरेर छोडनेछौं। हामी पूर्ण रूपमा 2019 को लागी तयार छौं र हामीलाई आशा छ सम्पूरण सिक्किमे जनताले बुझिसकेको छ अब कुनै प्रकारले सरकारको तर्फबाट दबाउ लगाए पनि  सिक्किमे जनताको भोटलाई पैसामा किन्ने कोशिस गरे तापनि अब उनीहरूको कुरा सफल हुने छैन जनताले बुझिसकेको छ। ”

2019 को चुनाउ लड्न पाउने नपाउने बारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “पीएस गोले चुनाउकै लागी अनि मुख्यमन्त्री र मन्त्री हुनको सिक्किममा राजनीति गरेको छुइनँ  यदी म मुख्यमन्त्री मन्त्री र एमएलए हुनु नै राजनैतिक थियो बने देखि 2009 मा 32 मा 32 आसन एसडीएफ पार्टीको हुँदा पनि मैले विद्रोह गरेर निस्केको हो मलाई मुख्यमन्त्री हुनुसित मतलब छैन । म प्रश्न गर्छ पीएस गोले भोट लड्नु पाउनु नपाउऩु त्यो अर्को कुरा हो भोलि साँच्चै 2019 मा एसडीएफ पार्टी सरकारमा आउँला त यो प्रश्न छ, पीएस गोले भोट लड्नुसित मतलब होइन, पीएस गोले जस्तो हजारौं क्रान्तिकारी युवाहरू सिक्किमे जनता तयार भइसकेको छ पीएस गोले भोलि यो टीमको क्याप्टेन भएर मैदानमा निस्कियो या कोच भएर निस्कियोस हामी पूर्ण रूपमा जीत हासिल गर्नेछौं। ”

दुधालु गाई वितरणमा धाँधलीको मामिलाले जेलको दण्ड भोग्नु परेको विषयमा बोल्दै भने, “ मलाई जुन मुद्दामा दोषी बनाइयो त्यो मुद्दा 1997 को मुद्दा थियो यदी मेरोमाथि मामिला बनिन्थ्यो भने किन 2009 साल सम्म किन केस गरेन  जब मैले सिक्किमे जनताको पक्षमा पार्टीमा विद्रोह गरे तब भिजिलेन्सले केस गऱ्यो। पार्टीको विरूद्धमा सिक्किमे जनताको पक्षमा विद्रोह गरेपछि भिजिलेन्सले केस दर्ता गऱ्यो कुनै व्यक्तिले गरेको होइन। भिजिलेन्स कसको हातमा छ सरकारको हातमा छ कसलाई फसाउन कसलाई छोड्न कसलाई पक्डिन त्यो सरकारको हातमा छ यदी एसडीएफ सरकार सफा छ भने एसडीएफका नाइके नेता मुख्यमन्त्री सफा छ भने किन सीबीआईलाई किन बोलाउँदैन सीबीआई रोक्न किन अधिसूचना जारी गर्छ। हामीले न्यायालयको आदेशको सम्मान गऱ्यौ  म पक्का दोषी थिए भने 1999 मा किन केस गरेन म जब एसडीएफबाट निस्किए तब किन केस भयो, म पवन चामलिङलाई जवाफ दिन चहाँदिनँ जनताले दिइसकेको छ। मलाई सिलगढीमा न्युटियामा  सिक्किम सरकारको इम्पेनल अस्पताल भएर पनि दिएऩ परिवारले भेट्न सक्ने थियो तर दिएन कोर्टले पनि आदेश दिएको थियो मलाई मिदान्ता र एम्प पठाउने षड्यन्त्र गरेको थियो तर म गइनँ यदी गएको भए सायद आज म फर्किएर आउने थिइनँ तर सिक्किमे जनताको आर्शिवादले आज म फर्किआएको छु। ”

उल्लेख्नीय छ गत वर्ष 28 जुनको दिन भिजिलेन्सले दर्ता गरेको दुधालु गाई वितरण मामिलामा भ्रष्टाचारको आरोपलाई न्यायालयले दोषी सिद्ध गरेर धनराशी दुरूपयोग गरेकोमा एसकेएम अध्यक्ष पीएस गोलेलाई एक साल कारावास र 10 हजार रूपियाँ नगद जरिमानाको फैसला सुनाएको थियो।  उनले 10 अगस्त 2017 को दिन आफूलाई न्यायालय समक्ष आत्मसमर्पण गरेका थिए। उनी पशुपालन विभागको मन्त्री हुँदा ताकार 1994-1999 ताका दुधालु गाई वितरण योजनामा 9.5 लाख रूपियाँ धाँधली गरेको आरोप सिद्ध भएको थियो।

अध्यक्ष पीएस गोले 1994 देखि 2009 सम्म एसडीएफ सरकारमा विधायक तथा मन्त्री पदमा रहेका थिए। उनले 4 फरवरी 2013 मा आफ्नै राजनैतिक दल एसकेएम गठन गरेका थिए भने 2014 को चुनाउ एसकेएमको पक्षबाट लडेर अप्पर बुर्तुकबाट विधायक बनेका थिए। उनी न्यायालयबाट दोषी सिद्ध भएपछि उनको विधायक पद निरस्त भएको थियो। त्यसो त 2014 को चुनाउमा एसकेएमले 10 वटा आसन जितेको भए पनि 7 जना विधायक सत्तारूढ एसडीएफ पार्टीमा सामेल भए भने अहिले एसकेएमको पक्षमा केवल दुइजना विधायक सोनाम लामा र केएन लेप्चा मात्र रहेका छन्।

जेलबाट निस्किएपछि जनताको स्वागतलाई ग्रहण गर्दै रोङ्गेकमा एउटा पार्टी कार्यालय उद्घाटन गरेपछि एसकेएम अध्यक्ष गोलेले  विभिन्न ठाउँमा भेला भएका जनतासित भेटगर्दै गान्तोकको पार्टी मुख्यालयमा केही समय बिताएर पुन सिङतामको निम्ति प्रस्थान भएका थिए। उनले सिङताममा आयोजित जन उनमुक्ति  दिवस कार्यक्रममा पुगेर जनताई सम्बोधन गरेका थिए। जहाँ उनलाई पार्टीको पक्षबाट सम्मान जनाइयो भने एसडीएफ पार्टी त्यागेर एसकेएममा सामेल हुन् विभिन्न व्यक्तिहरूलाई उनले पार्टीमा स्वागत जनाए।

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares