15 अगस्तदेखि राजनैतिक कार्यक्रम तेज गर्ने घोषणा गर्दै गोलेले भने: एकतन्त्री शासनबाट जनतालाई मुक्त गर्न सबै दल एकजुट हुन आवश्यक

 

सिङताम, 10 अगस्त। एक वर्षे कारावसको दण्ड भोगेर निस्किएका सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष पीएस गोलेले आगामी 15 अगस्तदेखि उता पार्टीको राजनैतिक कार्यक्रम शुरु गर्ने घोषणा गरे। एसकेएमले उनको जेल मुक्तिको दिनलाई जन उन्मुक्ति दिवसको रूपमा पालन गर्दै पूर्व सिक्किमको सिङताममा विराट जनसभा आयोजन गरेको थियो। उक्त सभालाई सम्बोधन गर्दै गोलेले पार्टीको कार्यक्रम बारे घोषणा गरेका हुन्। उनले अब जनतामा जाने घोषणा गर्दै निरन्तर पार्टीको गतिविधिलाई अघि बढाउने बताए। उनले अब रहल जिन्दगी सिक्किम र सिक्किमे जनताकै निम्ति समर्पित गर्ने घोषणा पनि गरे। यसका साथै अध्यक्ष गोलेले आफू कारावासमा हुँदा पनि पार्टीको नीति सिद्धान्त र दर्शनलाई गाउँ गाउँमा पुऱ्याउने तथा जनतालाई अवगत गराएर पार्टीको कार्यलाई निरन्तरता दिएकोमा सबै पार्टी कार्यकर्ता, सक्रिय युवा, चेली तथा आम जनतालाई नमन गर्दै आभार प्रकट गरे।

कार्यक्रम सकेपछि मिडियासित कुराकानी गर्दै भने, प्रजातन्त्रमा राजनैतकि दल गठन गर्न सबैको अधिकारको कुरा हो तर राज्यमा एकतन्त्री शासनबाट जनतालाई मुक्ति दिनको निम्ति सबै विपक्षी दलहरू एकजुट हुन आवश्यक रहेको बताए।

रोग्येक जेलदेखि हजारों समर्थकहरूको स्वागत र अविवादन ग्रहण गर्दै सिङतामको मुख्य कार्यक्रम जन उन्मुक्ति दिवसमा पुगेका अध्यक्ष गोलेलाई सिक्किमे जनताले आफै पैसा संग्रह गरेर उपहार दिएको स्कर्पियो गाड़ीको चाबी हस्तान्तरण गरियो। उनी सोही वाहनमा चडेर जेलदेखि मुख्य कार्यक्रमस्थल सम्म पुगेका थिए। यसैगरि गोलेको बहुलीबाट अहिलेसम्म पार्टीको कमान सम्हालेर बस्ने दुइ विधायक केएन लेप्चा र सोनाम लामालाई सम्मान गरियो। यसगरि पार्टीको तर्फबाट अध्यक्ष गोलेलाई अभिनन्दन गरिएको थियो।

कार्यक्रममा केही एसडीएफका समर्थकहरूले एसकेएम पार्टीको झण्डा समाते। जसलाई अध्यक्ष गोलेले पार्टीमा स्वागत गरे। कार्यक्रम सकेर जनताको लावालस्करसितै एसकेएम अध्यक्ष पश्चिम सिक्किमको सिङलिङस्थित आफ्नो पुस्तैनी घर प्रस्थान गरे। पार्टी सूत्रलेदिएको जानकारी अनुसार आगामी तीन दिनसम्म यही बसेपछि पार्टीको कार्यक्रमलाई केही दिनभित्रै निरन्तरता दिनेछन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares