स्थायी क्याम्पसको मागमा राभाङला एनआइटीका विद्यार्थी 15 दिनदेखि आन्दोलनमा

गान्तोक, 11 अगस्त। दक्षिण सिक्किमको राभाङलाईमा चलिरहेको नेशनल इन्स्टीट्युड अफ टेक्नोलोजी (एनआइटी) को स्थाई क्याम्पसको माग गर्दै 25 जुलाईदेखि  विद्यार्थी आन्दोलन निरन्तर चलिरहेको छ। दुइ सप्ताह बित्दा पनि विद्यार्थीहरूले स्थायी न्याय स्थायी क्याम्पसको माग पुरा नहुँदा आन्दोलन जारी राखेका छन्।

2007 सालमा एनआइटी कानुन बनिएपछि स्थापित गरिएको शैक्षिक संस्थान 2010 देखि अस्थाई रूपमा  राभाङलामा पठन पाठन सञ्चालन भएको हो तर यहाँ आधारभूत सुविधाको कमीको कारण देखाउँदै विद्यार्थीहरूले निरन्तर रूपमा स्थाई र पाइक परेको ठाउँमा क्याम्पस बनाइदिने माग उठान गर्दै आएको छ। यसैक्रममा गत 25 जुलाईदेखि निरन्तर रूपमा धारावाहीक आन्दोलन चलाइरहेको छ।

विद्यार्थीहरूले वर्तमान क्याम्पस स्थल प्रयोगशाला र अन्य व्यावहारिक प्रशिक्षणको निम्ति सही नभएको दाबी गर्दै आएका छन् भने अस्थाइ क्याम्पसले गर्दा विद्यार्थी र शिक्षकहरूलाई व्यापक असुविधा भइरहेको तथा पछिल्लो 8 वर्षमा 50 बाट 8 सयको परिवारमा परिणत भएको तर समस्या झन झन बढ्दै गएको विद्यार्थीहरूले बताएको छ।

2100 मिटरको उच्चाईमा रहेको राभाङलामा धेरै चिसो हुने हुनाले तथा यहाँ कुनै पनि राम्रो स्वस्थ्य सुविधा, खेलको मैदानको असुविधा रहेको तथा अधिकांश महंगो प्रयोगशालाका यन्त्रहरू खराब भइरहेको हुनाले विद्यार्थीहरूले उपयुक्त ठाउँमा स्थाई क्याम्पस हुनुपर्ने माग गर्दै आएको हो। यसैगरि विद्यार्थीहरूले सही समयमा प्रयोगशालाको निम्ति परिक्षण गर्ने अवसर नपाएको तथा संस्थानको राष्ट्रिय स्तरमा प्रत्येक वर्ष ऱ्याङ्क पनि घट्दो अवस्थामा पुगेको दाबी गरिएको छ। हरदर 17 डिग्री सेन्ट्रिग्रेट तापमान हुने राभाङलामा अधिक पानी पर्ने सड़क सम्पर्कको कमी तथा रेलवे र विमानस्थलबाट धेरै टाडा भएको कारण भनेजस्तो फेकल्टी, विद्वान र प्राध्यापकहरूको आगमन नहुने तथा धेरैजसो प्रयोगशालाको कामहरू सही समय र पूर्ण रूपमा गर्न नपाउने अवस्थाले गर्दा स्थाई क्यम्पस पाइप परेको ठाउँमा हुनु आवश्यक रहेको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

शान्तिपूर्ण ढंगमा विद्यार्थीहरूले प्रतिवाद ऱ्याली तथा अन्य प्रकारको आन्दोलन गरिरहेका छन्। जसमा राष्ट्रपति, प्रधानमन्त्री, केन्द्रिय शिक्षा मन्त्रालय, मुख्यमन्त्री कार्यालय र मानव संसाधान विकास विभागलाई लिखित रूपमा आफ्नो मागहरू प्रस्तुत गरिरहेका छन्।  25 जुलाईदेखि चलिरहेको आन्दोलनमा सम्बन्धित निकायबाट समाधन गरिदिने आश्वासन पाएको भए पनि स्थाई समाधान नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै  विद्यार्थीहरूले विरोध कार्यक्रम जारी राखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया