अलग राज्य हुन्छै हुन्छ, धैर्य राख्नु पर्छ : आरबी राई

सञ्जिव मोहोरा सोनादा, 13 अगस्त


क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) केन्द्रिय समिति अध्यक्ष आरबी राई क्रामाकपा दार्जीलिङ आञ्चलिक समितिले सोनादाको स्कट मिशन प्राथमिक पाठशाला भवनमा  गरेको ‘राजनैतिक अनि साङ्गठनिक शिक्षा शिविर’-मा आएका थिए। उनले त्यहाँ गरेका सम्बोधनका प्रमुख अंश यहाँ राखेका छौं।


हामीले बुझेको मार्क्सवाद अरू साथीहरूलाई बुझाउने प्रयास गऱ्यौं, तर वहाँहरूले कहिले बुझ्न सकेनन्। हामीले गरेको आन्दोलन धनी गरीब माझको अन्तर्द्वन्द हो। हामी वर्गको कुरोलाई कहिले बिर्सदैनौं। धनीको धनी मात्र हुन्छ, धनीको जात हुँदैन। हक मात्र निमुखाहरूको छिनिन्छ। जातीय आन्दोलनमा टक्कर हुन्छै हुन्छ। हाम्रो जातीय आन्दोलन वर्गीय सङ्घर्षसित मिलेको हुन्छ।

एक मुट्ठी धनी मानिसहरूले हक छिनिएकाहरूलाई, निमुखा सोझाहरूलाई दबाइरहेको छ।  समाज परिवर्तनशील छ र साह्रै हतारिएर तातिएर कुनै कदम उठाउनु हुँदैन। किनभने बाह्र बजेको घामले तातिएर टाउको दुखाए तापनि बेलुका त अस्ताउनु नै पर्छ। यो संसारको नियम नै हो।

पैसा रूपियाँ केही पनि होइन, हामीले आफू मरेर गए पनि गरेको कामको नाम हुने काम गर्न पर्छ। जन आन्दोलन जनता एकाइमा मात्र हुन सक्छ। अलग राज्य हुन्छै हुन्छ।

किनभने नेपाली  भाषा मान्यताको समय सबै मिलेर विरोध गरेको थियो। तर भाषाले मान्यता पाइछाड्यो। समय आउछै आउँछ। धैर्य राख्नु पर्छ। कुनै स्वार्थ नराखी हामी लागिपर्नु पर्छ। महाभारतको कथामा जस्तो अर्जुनले चराको आँखा मात्रै ताक्नु पर्छ। घरि दागोपाप घरि जिटिए, घरि  जिटिए-२ ताक्नु हुँदैन। अलग राज्यको निम्ति लागेको लागेकै हुनुपर्छ। गोर्खाल्यान्ड अवश्य हुन्छ।

यो समस्या जातीय अस्मिताको लडाईँ हो। गणतान्त्रिक देशमा आफ्नो अधिकारको लडाईँ हो। यो लडाईँ लामो भएर जावोस् यसको पर्वाह छैन, लडाईँको निचोड अवश्य हुनेछ।

१०५ दिनको पहाड बन्द र विगतको आन्दोलनले हामीलाई शिक्षा दिएको छ। यो त सानो नानीको बामे सराइ मात्र हो। एकपल्ट लड्छ फेरि उठ्छ। एक दिन त उ हिँड्ने हुन्छ। तर काट मारको आन्दोलन, हिंसाको आन्दोलन, जे  पर्ला त्यही टर्लाको आन्दोलनले केही हुँदैन।

जसले गर्दा हाम्रो आन्दोलन बिथोलिएर जाँदैछ। आन्दोलन गणतान्त्रिक हुनपर्छ। आन्दोलन शान्तिपूर्ण गणतान्त्रिक रूपमा सही रणनीति लिएर हुनपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares