रकभेल एकाडेमीमा कालेबुङ जिल्ला अन्तर आइसिएसई प्रतियोगिता

कालेबुङ, 13 अगस्त


रकभेल एकाडेमी भवनमा पहिलो कालेबुङ जिल्ला अन्तर आइसिएसई प्रतियोगिता सम्पन्न भयो। रकभेल एकाडेमी स्कुलको आयोजना अनि कालेबुङ स्पोर्ट्स कराते डु एसोसिएसनको तक्निकी सहयोगमा सम्पन्न प्रतियोगितामा डिप्टी मेजिस्ट्रेट एवं युवा खेल विभागका अधिकारी कृष्णकान्त घोष प्रमुख अतिथि रहेका थिए।

कुमिते अनि काटा गरेर दुई वर्गमा विभाजित प्रतियोगिता अन्डर 10, 14, 17 अनि 19 मा खेलाइएको थियो। प्रतियोगितामा कालेबुङको 13 वटा आइसिएसई स्कुलमा 8 वटा स्कुलले सहभागिता जनाएको थियो। विभिन्न वर्गमा 7 वटा स्वर्ण पदक, 7 वटा रजत अनि 10 वटा काँस्य पदक हत्याएर सप्तश्री ज्ञानपीठले पहिलो स्थान बनायो। 7 वटा स्वर्ण, 5 वटा रजत अनि 11 वटा काँस्य पदक जितेर रकभेल एकाडेमीले दोस्रो स्थान बनायो। यसरी गरी 5 वटा स्वर्ण, 8 वटा रजत अनि 4 वटा काँस्य पदक हत्याएर वृन्दावन स्कुलले तस्रो स्थान बनायो।

रकभेल स्कुलका प्राचार्य कप्तान प्रकाशमणि प्रधानले भने, नानीहरूका निम्ति यो एउटा प्लेटफर्म तयार पारेको मात्र हो। अघिल्लो वर्षदेखि पहाडको जम्मै आइसिएसई स्कुललाई लिएर कराते प्रतियोगिता गर्ने योजना छ। अहिले यस खेललाई ओलम्पिकमा पनि समावेश गरिएकाले पहाडमा पनि यसलाई प्रमोट गर्ने दिशामा काम गरिदैछ। सेन्सी सुसन थापाले जनाए अनुसार आगामी 24 अनि 25 अगस्त कलकत्तामा हुने प्रतियोगितामा रकभेल एकाडेमीका 3 जना विद्यार्थीले अङ्श ग्रहण गर्ने छन्। आजको प्रतियोगितामा विजेता हासिल गर्ने स्कुलहरूलाई अतिथिहरूका बाहुलीबाट प्रमाण पत्र सहित ट्रफी अनि मेडल प्रदान गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares