तृणमूलको विभाजन राजनीति पहाड़मा कहिल्यै काम लाग्ने छैन : अशोक भट्टाचार्य

खबरम्यागजिन खबरदाता
सिलगढ़ी, 17 मई/2017


वरिष्ठ माकपा नेता एवं सिलगढ़ी म्युनिसिपालिटी मेयर अशोक भट्टाचार्यले पहाड़को नागरिक चुनाउको फलाफल आउनसाथ एक मिडिया भेटघाटमा आफ्नो तर्फको अड़ान पेश गर्दै भने, “चुनाउ फलाफलले के पुष्ट गरेको छ भने तृणमूल कङ्ग्रेसको विभाजन राजनिति पहाड़मा कहिल्यै काम लाग्दैन।” पहाड़का तीनवटा म्युनिसिपालिटी क्षेत्रमा तृणमूलको हारले तृणमूलको असफल राजनीतिलाई स्पष्ट पारेको हो, तिनले थपे।
“केन्द्रिय प्यारा पोर्स थोपेर पहाड़मा आतङ्कको वातावरण निर्माण गरेर धरि तृणमूलले सत्तापावरको फाइदा लुट्न सकेन। मिरिकजस्तो सानो क्षेत्रमा भएको विजयलाई कुनै ठूलो उपलब्धि नमान्दा हुन्छ,” भट्टाचार्यले भने। “सत्तारूढ़ दलले साम दाम दण्ड भेदको नीति लगाउँदा पनि उ हार्नु नै यो चुनाउ फलाफलको महत्त्वपूर्ण सन्देश हो”, माकपा नेताले भने।
उनले अझ थपे, मुख्यमन्त्री स्वयम् र मोटामोटी आधाउधी मन्त्रीहरू पहाड़ चढ़ेर प्रचार गर्दा पनि हार्नुले के बताउँछ भने उनीहरूको विभाजन राजनीतिलाई पहाड़को जनताले ठ्याम्मै पचाएको छैन ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन