निशा र ताराद्वारा आभार, सिक्किममा कार्यशाला गर्ने

गान्तोक, 16 अगस्त।


हाई फिभर डान्स का नया तेवर 2018 का विजेता गोर्खाली जोडी निशा रसाइली र ताराप्रसाद ढकालले आफूहरूलाई यो शिखरमा पुर्याउन सहयोग गर्ने सम्पूर्ण पूर्वोत्तर र भारतभरिकै आफन्तहरूलाई आभार प्रकट गरेका छन्।

धन्यवाद दिनको निम्ति गान्तोक आएका हाई फिभरका विजेता जोडीले राजधानी गान्तोकमा एउटा पत्रकार सम्मेलन आयोजन गरेर सबैलाई आफूहरूप्रति दर्साइएको माया र सहयोगको निम्ति आभार व्यक्त गरे। पत्रकारहरूसित कुराकानी गर्दै मूल रूपमा सिक्किमकी छोरी निशा रसाइलीले आफ्नो करियरलाई अहिलेलाई असिस्टेन्ट कोरियोग्राफरको रूपमा मुम्बईमा कार्य गर्ने दुवै जनाको सहमति भइसकेको बताउॅंदै चॉैंडै सिक्किमको निम्ति पनि युवा नर्तकहरूलाई लिएर छुट्टै कार्यक्रम र कार्यशालाहरू आयोजन गर्ने लक्ष्य राखेको बताइन्। उनले सिक्किममा प्रशस्त प्रतिभाहरू रहेको र उनीहरूको विकासको निम्ति राज्य सरकारको सहयोगमै आफूहरूले कार्यशाला र अन्य कार्यक्रम गर्ने निधो गरेको पनि बताइन्।

यसैगरि, ताराप्रसादले आफ्नो रियालिटी शोको पहिलो यात्रा सफल बनाउन जोडीले गरेको संघर्षको बारेमा आफ्नो कुराहरू सॉंझा गरे। उनले यस्ता रियालिटी शोहरूमा जानको निम्ति अध्ययन र प्रशिक्षण दुवैको आवश्यकता पर्ने भएकोले युवाहरूले दुवै कुरोलाई प्रशस्त ध्यान दिनुपर्ने बताए। रियालिटी शोको समय निशा र आफ्नो खुट्टाको लिगामेन्ट फाटेर कष्टकर समय बिताउनु परेको, तर संघर्षलाई ध्यानमा राखेर नै शोबाट बाहिरिनभन्दा धेरै पिडा सहेर पनि देशले मन पराउने प्रस्तुति दिने अठोटसितै आफूहरू सफल भएको अनुभव राखे।

दिल्लीमा पहिलेबाटै डान्स एकाडेमी चलाउॅंदै आएका तारा र सिक्किममा पहिलेबाटै विभिन्न कार्यशालाहरू गरिसकेकी निशाले अबउसो मुम्बईमा बसेरै कोरियोग्राफीमा करियर बनाउन संघर्ष थाल्ने जनाए। यद्यपि, आफ्नो ठाउॅंहरूको निम्ति समय निकालेर आवश्यक कार्यशाला आयोजन गर्ने र रियालिटी शोमा पुग्नेहरूलाई आफूहरूले गर्न सक्ने सहयोग गर्ने जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares