घुममा पनि स्वाधिनता दिवस

घुम, 16 अगस्त


प्रत्येक वर्ष झैं यस वर्षको भारतको ७२ औं स्वाधीनता दिवसको उपलक्ष्यमा घुम जरूल हट्टाको युनाइटेड जरूल हट्टा स्पोर्टिङ कल्ब ( UJSC) द्वारा आयोजित ग्राम स्तरीय समारोह भव्य रूपमा पालन गरियो।

यस कार्यक्रममा अमर दीप समाजका सम्पूर्ण पदाधिकारी अनि सदस्यहरू , स्थानीय क्लिफ्ट्न हल बोर्डिङ स्कुलका प्राचार्य, शिक्षकवर्ग अनि विद्यार्थीहरू, गाउँ वरपरका सम्पूर्ण भूतपूर्व सैनिकहरू, अन्य विशिष्ट अतिथिगण लगायत स्थानीय गाउँवासीहरूको पनि उपस्थित अनि सहभागीता रहेको थियो।

कार्यक्रमको थालनी विधिवत् तरिकाले समारोहका प्रमुख अतिथि शान्ति थापाको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन अनि दीप प्रज्ज्वलन गरेर गरियो। त्यसपछि क्लिफ्ट्न हल बोर्डिङ स्कुलका विद्यार्थीहरूद्वारा मार्च पास्ट गरेर प्रमुख अतिथि साथै राष्ट्रिय झण्डालाई सलामी दिइयो।

जसलाई जारी राख्दै भूतपूर्व सैनिकहरूद्वारा राष्ट्रिय गान उपस्थित सम्पूर्णको साथमा गाएर सहिदहरूको बलिदान अनि देशप्रति आभार प्रकट गरियो । आयोजक समितिको तर्फबाट विशेषगरी भूतपूर्व सैनिकहरूको देश सेवा अनि सामाजिक कार्यहरूको सम्मान गर्दै श्रद्धास्वरूप सम्मान पनि जनाइयो।

कार्यक्रमको क्रममा क्लिफ्ट्न हल बोर्डिङ स्कुलका विद्यार्थीहरूद्वारा साँस्कृतिक कार्यक्रम साथै कविता पाठ पनि गरियो। स्कुल मात्र नभएर स्थानीय नानीहरूद्वारा पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिए। नानीहरूको निम्ति बलुन रेस, स्पुन रेस जस्ता खेल थिए भने कार्यक्रम हेर्न आएका स्थानीय दर्शक अनि अभिभावकवर्गको निम्ति पनि म्युजिकल बल, ब्रेकिङ पट, खुल्ला नृत्य प्रस्तुति जस्ता मनोरञ्जनात्मक खेलहरू राखिएको थियो।

सबैले खुबै उत्साहित बनेर खुशीसाथ खेलहरूका सहभागिता जनाएका थिए। शिर्ष उमेरका पुरूषहरूको माझ एउटा प्रदर्शनी हाते भकुण्डो खेल पनि भएको थियो। समारोहको प्रमुख आकर्षण अन्तग्राम स्वाधीनता दिवस हाते भकुण्डो खेलको फाइनल खेला सुसन फोर अनि पवन फोर माझ खेलिएको थियो।

जसमा पवन फोर दलले ५ सेट्को खेलमा ३ सेट जितेर विजयी बन्यो। कार्यक्रमको अन्तसम्मै दर्शकहरूको व्यापक उपस्थिति अनि उत्साह रहेको थियो। कार्यक्रमको अन्तमा प्रमुख अतिथि अनि अन्य विशिष्ट अतिथिहरूद्वारा विजयी प्रतियोगी अनि दलहरूलाई पारितोषिक अनि मेड्ल वितरण गर्नको साथै प्रमुख अतिथिद्वारा समारोहबारेमा केही शब्द पनि राखे। कार्यक्रमलाई मोहनराज ठकुरीले सञ्चालन गरेका

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares