महाकवि मोहन दुखुनलाई नन्दी तिवारी स्मृति साहित्य पुरस्कार, कथाकार सुमित्रा थामीलाई  युवा पुरस्कार, भाषा सम्मान चन्द्र भण्डारीलाई 

सिलगढी, 14 अगस्त


सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष जस्तै यस वर्षको नन्दी तिवारी स्मृति साहित्य पुरस्कार महाकवि मोहन दुखुनलाई प्रदान गर्ने घोषणा गऱ्यो। उसरी नै यस वर्षको नन्दी तिवारी स्मृति युवा कवि-कथाकार सुमित्रा थामी अविराललाई प्रदान हर्ने निर्णय गऱ्यो।

हाल मतिगढ़ा गोर्खा कल्याण सङ्घको कार्यालयमा बसेको पुरस्कार प्रापक चयन समितिले एउटा सभामा यस्तो प्रस्ताव सर्व सम्मतिद्वारा पारित गरिएको थियो। उक्त सभामा उसरी नै यो वर्षको भाषा सम्मान बिर्तामोड़(झापा)-को कञ्चनजङ्गा एफ.एम.-का संस्थापक सञ्चालक चन्द्र भण्डारीलाई प्रदान गरिने घोषणा गरिएको छ।

उक्त सभामा पुरस्कार प्रापक समितिहरूको वरिष्ठ संयोजक युवराज काफ्ले र लतिका जोशीले आ-आफ्ना पुरस्कार प्रापकका नामको सिफारिस् प्रतिष्ठानका अध्यक्ष डा. जीवन राणा समक्ष प्रस्तुत गरेपछि उनले सभामा सो नाम अनुमोदनको निम्ति प्रस्तुत गरे।

सभामा उपस्थित संरक्षक दिलिप तिवारी कोषाध्यक्ष विजेन्द्र तिवारीबाट हर्षौल्लासपूर्वक  स्वीकृत भएपछि सभाले भाषा सम्मान प्रापकको नाम सहितको प्रस्ताव सर्वसमितिद्वारा अनुमोदन गरियो। सभामा उपस्थित चयन समितिका पदेन सदस्य र प्रतिष्ठानका सचिव सुकराज दियालीले पनि सो प्रस्तावलाई हार्दिकताको साथ आफ्नो स्वीकृति दिए।

स्मरण रहोस्, सिलगढ़ी नन्दी तिवारी स्मृति प्रतिष्ठानले तीनवर्षदेखि निरन्तर साहित्यिक पुरस्कार भाषा सम्मान सञ्चालन गर्दै आएको छ। त्यसरी नै पहिलो वर्षको स्मृति साहित्य पुरस्कार युवराज काफ्ले, दोस्रोवर्ष इन्द्रबहादुर गुरूङलाई प्रदान गरिसकेको छ भने यो वर्ष महाकवि मोहन दुखुनलाई प्रदान गर्ने पारित गरेको छ।

त्यसरी नै युवा पुरस्कारमा पहिलोवर्ष राहुल राई बोगीको दोस्रोवर्ष कृष्ण पी. ठटाललाई प्रदान गरिसकेको छ भने यसवर्ष सुमित्रा थामी अविरललाई प्रदान गर्ने भएको छ। उसरी नै पहिलो वर्षको भाषा सम्मान प्रा. बालकृष्ण पोखरेल दोस्रोवर्ष प्रा. डा. टङ्कप्रसाद नेउपानेलाई दिने घोषणा गरेको होभने यो वर्ष चन्द्र भण्डारीलाई प्रदान गर्ने पारित गरेको छ।

यो वर्षको नन्दी तिवारी स्मृति साहित्य पुरस्कार आफ्नो महाकाव्य मायाको मुटुमाथि महाकवि मोहन दुखुनलाई, आफ्नो स्मृतिको पछ्यौरीभित्र-माथि सुमित्रा थामी अविरललाई नन्दी तिवारी स्मृति युवा पुरस्कार प्रदान गरिने छ।

नेपाली भाषाको व्यवहारिक प्रचार-प्रसारमा निरन्तर लागि आउने नेपालका चन्द्र भण्डारीलाई योवर्षको अन्तर्रराष्ट्रिय भाषा सम्मान प्रदान गरिने निर्णय प्रतिष्ठानले गरेको छ। सेप्टेम्बर महिनामा हुने एउटा समारोहमा पुरस्कार र सम्मानहरू प्रदान गरिने जानकारी सचिव सुकराज दियालीले गराएको छ।

स्मृति पुरस्कार र सम्मानमा नगद रकम, स्मृति चिन्ह लगायत अङ्गवस्त्र सम्मानपत्रद्वारा समारोहमा सम्मानित गरिने छ। सिलगढीमा तीसवर्षभन्दा बढ़ी समयदेखि बसोबासो गरि आउने महाकवि मोहन दुखुनले सन् 1983-सालमा नै पहिलो महाकाव्य मन्दाकिनी प्रकाशित गराएर उनी भारतीय नेपाली साहित्यका प्रथम महाकविमा आफ्नो नाम दर्ता गराइसकेका छन्।

आजसम्म उनका जम्मा नौवटा महाकाव्य, एघारवटा खण्डकाव्य, पाँचवटा उपन्यास, चारवटा नाटक, कथा र निबन्ध सङ्ग्रह गरि जम्मा 53 वटा पुस्तकहरू प्रकाशित छन्। उसैगरी सन् 1991-मा बलुवाको घर नामक कविता प्रकाशित गराएपछि साहित्य लेखनमा निरन्तर लागिपर्ने  सुमित्रा थामी अविरलको विभिन्न रचनाहरू दैनिक साप्ताहिक र साहित्यिक पत्रिकाहरूतिर प्रकाशित भएका छन्।

साहित्य अकादमी दिल्लीमा उनले यात्रा अनुदान प्राप्त गरि साहित्यिक य़ात्रा पनि गरेकी छन् भने कथा सङ्ग्रह स्मृतिको पछ्यौरीभित्र-माथि यो यसवर्षको स्मृति प्रतिष्ठानबाट युवा पुरस्कार प्रदान गरिने छ। उसरी नै महाकाव्यमाथि पनि पुरस्कार प्रदान गरेर महाकवि मोहन दुखुनलाई  उनको असाधरण प्रतिभाको मूल्याङ्कन गर्दै यो वर्षको नन्दी तिवारी स्मृति पुरस्कार प्रदान गर्ने भन्ने घोषणा सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठानले गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares