मुद्दा लगाएर जोइन्ट फोरमलाई तोड्नु खोज्दैछ – जेबी तामाङ

खरसाङ, 16 अगस्त


‘श्रमिकहरूको हक र अधिकारको निम्ति लड्दा हामीलाई केस लगायो, जोइन्ट फोरमलाई तोड्नु खोज्दैछ। हामीले के गल्ती गरेका छौ? आफ्नो हक र अधिकारको निम्ति लड्नु गणतान्त्रिक अधिकार हो, कानुनलाई मिचेर हामीले केही गरेको छैनौं,’ जोइन्ट फोरमको तत्वधानमा रोहिणी चियाबारीमा गेट मिटिङ गऱ्यो। यही फोरमका अध्यक्ष जेबी तामाङले उक्त कुरा भने।

‘१७२ रूपियाँले पुग्दैन भनेर आन्दोलन गरेको हो, हामीले राजनैतिक फाइदाको निम्ति यो आन्दोलन गरेको होइनौ,’ उनले अझ भने, ‘ यदि गरेको भए त आज हामीलाई जोइन्ट फोरम बनाएर आन्दोलन गर्ने थिएनौं। तर श्रमिकको कुनै पार्टी र झन्डा हुँदैन। श्रमिकहरूको हालत गम्भीर छ।’

फोरम सदस्य सुरज पाठकले  पनि न्युनतम रोजदरको निम्ति एक भएर लडिरहेको भन्दै कसैले पनि झन्डा नहेरेको बताए। ‘राजनीति आफ्नो ठाउँमा छ, तर श्रमिकहरूको समस्या राजनीतिभन्दा ठूलो हो,’ उनले भने।

उनले कतिपय दलहरूले मालिक पक्षसित  मिलेर काम गरिरहेको आरोप पनि लगाए। ‘श्रमिकको खुन र पसिनासित सम्झौता गर्नु हुँदैन,’ उनले भने, ‘न त सरकारसित हाम्रो लडाईं हो, न त प्रशासनसित नै। हाम्रो लड़ाईं मालिकवर्गसित हो। श्रमिकहरूलाई न्युनत्तम रोजदर लागू होस् भन्ने हाम्रो माग हो।’

आजको गेट मिटिङमा गोरामुमो श्रमिक सङ्गठनका अध्यक्ष एवम् जोइन्ट फोरमका कन्भेनर जेबी तामाङ, जोइन्ट फोरमका सदस्य सुरज पाठक, गोरामुमो श्रमिक सङ्गठनका केन्द्रिय कार्यकारिणी महासचिव एसके लामा, सचिव धिरज राई, दार्जीलिङ श्रमिक सङ्गठन अध्यक्ष सुदेश राई, खरसाङ गोरामुमो श्रमिक सङ्गठनका अध्यक्ष जर्ज गुरूङ, डिडिसिकेएमयुका सचिन खाती, गोरामुमो नेताहरू युद्ध छेत्री, आनन्द राई उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares