पूर्व प्रधानमन्त्रीको निधनमा एसडीएफले गरे शोक प्रकट भन्यो ,अटल बिहारी बाजपेयी सिक्किमका अविभावक सरह थिए

गान्तोक, 16 अगस्त।


भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधनमा सिक्किमका सत्तारूढ दल एसडीएफले गहिरो शोक व्यक्त गरेको छ।  सिक्किमको अविभावक सरह रहेको सत्तारूढ एस़डीएफ पार्टीले बताएको छ। पार्टीको पक्षमा प्रवक्ता तथा बाजपेयी सरकारको समय सिक्किम लोक सभा सांसद रहेका भीम दाहालले विहिबार पत्रकारहरूसित कुराकारी गर्दै भने, अटल बिहारी बाजपेयीले सिक्किम र विशेष गरेर मुख्यमन्त्री पवन चामलिङप्रति अविभावकको जस्तो व्यावहार गर्थे। उऩी सिक्किममा पनि आएका थिए।

उनकै कार्यककालमा सिक्किमका प्रमुख तीनवटा मागको समाधान भएको पनि दाहालले उल्लेख गरे। सिक्किमे नेपाली जाति भित्र पर्ने दुइ समुदाय लिम्बू र तामाङलाई जनजातिको मान्यता, सिक्किमलाई उत्तर पूर्वी परिषदमा समावेश र धेरै वर्षदेखि बन्द भएको नाथुला मार्ग भएर भारत चीन सीमा व्यापार खोल्नुमा उनको महत्वपूर्ण आशिर्वाद रहेको थियो। नाथुला मार्ग खोल्ने बाजपेयीकै नेतृत्वमा रहेको सरकारले निर्णय गरे तापनि पछि गएर मनमोहन सिंहको सरकारमा यो पुरा भएको सम्झना गरे।

उनले अझ भने, बाजपेयी एक सफल प्रधानमन्त्री सितै सरल र गम्भीर कविको रूपमा रहेको पनि बताए। उनले सिक्किमबाट निर्माण प्रकाशनले अनुवादक सुवास दीपकको अनुवादमा बाजपेयीका चर्चित कविता संग्रह मेरा एकाउन्न कविताहरू-को अनुवाद पछि प्रकाशन गरिएको र उनका कविताहरूले सधैँ सिक्किमे समाजलाई अभिप्रेरित गरिरहने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares