वाजपेयीको निधनमा चामलिङद्वारा शोक प्रकट

 

गान्तोक, 16 अगस्त। मुख्यमन्त्री पवन चामलिङले पूर्व प्रधान मन्त्री अटल बिहारी वाडपेयीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेस बुक पेजमा शोक सम्वेदना प्रकट गर्दै भनेका छन्, “ म पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीजीको दुखद निधनले धेरै दुःखी छु। राष्ट्रले आज आफ्नो सबैभन्दा उच्च कदको राजनैता र माटोको योग्य छोरा गुमाएको छ। उनको निधन एक युगको अन्त हो। जुन हाम्रो देशको निम्ति र देशवासीको निम्ति कहिले निको नभरिने घाटा हो। सुप्रसिद्ध नेताको आत्मा शान्तिको कामना गर्दछु। ”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया