एसयुएमआईले हत्यायो बेस्ट ब्याण्ड डिस्प्ले 2018

कालेबुङ 16 अगस्त


कालेबुङको प्रतिष्ठिक स्कुल एसयुएमआईले यस वर्षको बेस्ट ब्यान्ड डिस्प्लेको प्रथम अवार्ड बात पाऱ्यो। 71 औँ स्वतन्त्रता दिवसको अवसरमा आज यहाँ मेला ग्राउन्डमा विभिन्न स्कुलका ब्यान्डलाई लिएर प्रतियोगिता राखिएको थियो। यसै प्रतियोगितामा एसयुएमआईले आज उत्कृष्ट ब्यान्ड प्रदर्शन गरेको थियो। जसको निम्ति एसयुएमआईले बेस्ट ब्यान्ड डिस्प्लेको प्रथम अवार्ड पारे। स्कुलको पक्षबाट शिक्षक जगत राईले मुख्य अतिथि एवं कालेबुङ जिल्ला पुलिस अधीक्षक ध्रुवज्योति डे को बाहुलीबाट ट्रफी ग्रहण गरे।

स्मरण गराइन्छ, हिजो 15 अगस्तको दिन यही स्कुलले बेस्ट मार्च पास्टको पनि प्रथम ट्रफी हात पारेको थियो।
यसै गरी कालेबुङकै अर्को प्रतिष्ठित सेकुल कुमुदिनी होम्सले ब्यान्ड डिस्प्लेको दोस्रो खिताब जित्न सफल भयो। सन्त. कन्मेन्ट स्कुलले यसै प्रतियोगिताको तेस्रो खिताब जित्न सफल भयो। तीनै दर्जामा विजेता हासिल गर्ने स्कुलहरूलाई मुख्यातिथिको बाहुलीबाट ट्रफी प्रदान गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया