रवीना राई, अनमोल लेप्चालाई शैक्षिक पुरस्कार

कालेबुङ, 16 अगस्त


गितडाब्लिङ टुबुङ निवासी डालीबहादुर घिमिरेद्वारा आफ्नो आमा स्व. मोतिमाया घिमिरेको स्मृतिमा स्थापना गरिएको शैक्षिक योग्यता पुरस्कार गितडाब्लिङ क्षेत्रका माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिन्छ।
उक्त पुरस्कार यसवर्ष गितडाब्लिङ उच्च विद्यालयकी छात्रा रवीना राईलाई प्रदान गरियो। अप्पर पोचोक निवासी सन्त कुमार राई अनि सविता राईकी छोरी रवीना राईले २०१८ को माध्यमिक परीक्षामा ६८.३ अङ्क प्राप्त गरी गितडाब्लिङ्ग क्षेत्रकै उत्कृष्ट विद्यार्थी बन्न सफल बनेकी थिईन।

यसैगरी गतवर्ष पहाडको राजनैतिक गतिरोधका कारण प्रदान गर्न नसकिएको २०१७ को मोतिमाया घिमिरे शैक्षिक योग्यता पुरस्कार सन्त जोसेफ विद्यालयका छात्र अनमोल लेप्चालाई प्रदान गरियो। शङ्खे निवासी मंगल लेप्चा अनि भद्रिका ठकुरीका छोरा अनमोलले २०१७ को माध्यमिक परीक्षामा ७३.८ अङ्क प्राप्त गरेका थिए।

यी दुवै विद्यार्थीलाई हिजो गितडाब्लिङ बुधबारे बजारको जनता खेल मैदानमा आयोजित स्वतन्त्रता दिवस कार्यक्रमको अवसरमा पुरस्कार दाता डालीबहादुर घिमिरे एवं परिवारको बाहुलीबाट पुरस्कार सहित सम्मान प्रदान गरिएको थियो

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares