इडवार्ड सइद भिएस नयपललाई ‘बौद्धिक दुर्घटना’ भन्थे

लिजेन्ड

आतिस तसिर


भिएस नयपलसँगको मेरो सम्बन्ध आनन्द र पीडाले भरिपूर्ण थियो, अन्यथा कुनै थिएन । उपनिवेशवादकालीन समयपछिको साहित्यिक परिदृश्यमा सबैभन्दा उँचो व्यक्ति भिएस नयपलको अगस्ट ११ मा निधन भयो । उनी मेरा साथी, उपदेशक र शिक्षक थिए । उनकी विधवा पत्नी नादिराले इमेलमा पठाएको एक हरफको वाक्यांशबाट उनको निधन भएको थाहा पाएको थिएँ । ‘भिदिअ आज राति शान्तपूर्वक परलोक पुगे’, पत्रमा भनिएको थियो ।

साथीमाझ नयपलको रूपमा सुपरिचत भिदिअको जन्म सन् १९३२ मा भारतीय मूलको एउटा परिबारमा भएको थियो, जो दासताको अन्त्यपछि करारनाम श्रमिकको रूपमा ट्रिनिडाड पुगेका थिए । उनका कृतिले भारत, अफ्रिका र दक्षिण अफ्रिकामा मजस्ता युवा लेखकलाई समाजको एउटा तीव्र झलक दिएको थियो । पश्चिमेली मुलुकले पूर्ण रूपमा क्षमायाचना गरेको र गैरपश्चिमा मुलुकले पीडाको अनुभूति गरिरहेका वेला दुःखद अवस्थाबाट गुज्रेका देश उनको कृतिका महान् विषय हुन्थे । निर्दयी दृष्टि गोचरले उनले पश्चिमा मुलुकप्रतिका धारणा देखाउँथे ।

नोबेल विजेता डेरेक वालकोटलगायत उनका समकालीन साथीहरू धेरै थिए, जसले नयपलको चासो तिरस्कृत भएको विश्वास गर्थे । इडवार्ड सइदले उनलाई ‘बौद्धिक दुर्घटना’ भन्थे । तर, म उनलाई सम्मान गर्छु । उनको इमानदारिताले मलाई स्वतन्त्र बनायो ।

अमेरिकामा कलेज जाने बाटोमा पहिलोपटक मैले नयपललाई भेटेको थिएँ । त्यतिवेला म १८ वर्षको थिएँ । उनले मलाई कलेज नजान आग्रह गरे । ‘भारतीयहरू’ उनले भन्दै गए, ‘त्यस्ता ठाउँमा जान्छन्, जहाँको शैक्षिक संस्थाले तिरिमिरी पार्छन् र केबल बकवास सिकेपछि फर्किन्छन् ।’ नादिराकी साथीसमेत रहेकी मेरी आमाले प्रश्न गरिन्, ‘त्यसो भए अब उसले के गर्ने त ?’ नेइपालले झट्टपट्ट जवाफ फर्काए, ‘उसले साहसका साथ विश्वको अवलोकन गर्नुपर्छ ।’

त्यसपछिका बाँकी २० वर्ष मेरो जीवनका महत्वपूर्ण क्षणमा नयपल धागोजस्तो बनेर कुद्यो— मेरो पहिलो पुस्तकको प्रकाशन, पाकिस्तानमा मेरा पिताजीको हत्यापछिको अवस्था र अमेरिकामा मेरो विवाह जस्ता ऐतिहासिक क्षणमा उसले मलाई साथ दियो । ऊसँगै भ्रमण गरेर केही समय सँगै बिताएँ । हामीबीचको सम्बन्ध मलाई लाग्छ निर्दयी र कोमलताको मिश्रण थियो । सत्यको सबैभन्दा बढी तितो भाषामा मनिसलाई सामञ्जस्य गर्न उनले देखेको एक प्रकारको स्वतन्त्रता जस्तै थियो ।

सन् १९८० देखि उनले बेलायतको विल्टसायरमा बसोवास गरेका थिए । स्नेहशीलता र उदारता उनको सबैभन्दा उच्च प्राथमिकतामा पथ्र्याे । घरमा उनी सुरक्षित थिए । र, यो मोडमा उनी एउटा अद्भूत शिक्षक थिए । उनले मलाई जापानी चित्रकला र भारतीय लघुचित्रबारे सिकाउँथे । ‘दि इनिग्मा अफ अराइभल’मा अमर बनाएका देशको रुख तथा बिरुवाबारे पनि उनले सिकाएका थिए ।

उनको चिन्तनमा दौडिएको क्रूरताको थकान अपराजित बन्ने चाहनाबाट उत्पन्न भएको थियो । जसलाई उनले ‘झुटमा झरेको’ बताउँथे । जब सत्य बाहिर आउँथ्यो, त्यो भयानक हुन्थ्यो । उनले मेरो पहिलो उपन्यास पढे र घृणा गरे । उपन्यास प्रकाशन गर्नुअघिसम्म उनी र मबीच टेलिफोन वार्ता भएको थियो । उनको स्वरमा आएको स्थूलताले उनी निर्दयी वा कठोर मुडमा थिए भन्न म सक्थेँ ।

‘तिमीले उपन्यासको स्वरूप बुझेका रहेनछौ,’ उनले भने, ‘उपन्यास लेख्ने तिमीमा महत्वाकांक्षा रहेछ, तर पुस्तकमा वास्तवमै तिम्रो आफ्नै अनुभव भरिएको छ ।’ झन्डै ९० मिनेटसम्म फोनमा उनले मलाई अशिष्ट ढंगले आलोचना गरे । त्यसपछि उनले भने, ‘हो मलाई लाग्छ तिमीले उपन्यासलाई निकै राम्रोसँग तोडमोड गर्न सक्छौ ।

लेखनबारे तिमीसँग फोनमा कुरा नभएको भए मैले तिमीलाई यसरी सुझाब दिन्नथेँ होला ।’ उनको भनाइले मलाई क्षतविक्षत् बनायो । एउटा लेखकको रूपमा मेरो अस्थित्व उनको तीक्ष्ण गालीगलोज सहन सक्ने मेरो क्षमतामा निर्भर रहेछ भन्ने अनुभूति गरेको त्यो क्षण अझै पनि म सम्झन्छु । सो घटनाको केही समयपछि नादिराले लेखेकी थिइन्, ‘भिदिअसँगको सिकायत भनेको उसले आफ्नो बारेमा सामान्यतया उपन्यासमा केही विचार दिन्नन्, तर जब आफ्ना धारणा राख्छन्, त्यो भयंकर डरलाग्दो हुन सक्छ ।’

उनका बारेमा जे सत्य थियो, त्यो उनको कृतिमा पनि अभिव्यक्त हुन्थ्यो । ‘इन्डिया : ए बउन्डेन्ड सिभिलाइजेसन’ को एउटा दैव्य प्रस्फुटनमा डिनरको समयमा सहभागी एक महिलाले गरिबहरू कति सुन्दर हुन्छन् भन्नेबारे नयपललाई सोधिन् । नयपलले भने, ‘यस कोठामा सहभागी मानिसहरूभन्दा पनि धेरै सुन्दर ।’ नेइपालले कठोर मूल्यांकन र क्रूर प्रहार गरेका छन्, ‘बम्बईका गरिब सुन्दर छैनन्,’ उनी लेख्छन्, ‘उनीहरू एउटा पृथक् सन्तति, पुड्को प्रजातिको, अविकसित र सूक्ष्म ज्ञानका छन् ।

उनीहरूलाई कुपोषणको पुस्ताहरूले कुरूप बनाएको छ । उनीहरूलाई पुनस्र्थापना गर्न पुस्तौँ लाग्नेछ ।’ म उनको कृतिमा बारम्बार फर्किए किनकि उनको वर्णनमा मैले भारत र पाकिस्तानको महसुस गरेँ, जो निकै कर्कस थिए र एकप्रकारको स्वतन्त्रता प्राप्त गरेका थिए । उपनिवेशपछिको अध्ययनले हामीलाई पर्याप्त प्रलाप दिइरहेका वेला नयपलको लेखनले हाम्रो अतीतको स्वामित्व लिन सहयोग पु-याएको थियो ।

मेरा पिताजी तथा पन्जाब प्रान्तका तत्कालीन गर्भनरको हत्यापछि म नयपलसँगै वेलायतको विल्टसायरमा थिए । मलाई पिताजीबाट अलग गरिएको थियो र उनीप्रति कसरी शोकमग्न हुनेबारेमा अनभिज्ञ थिए । नयपलले इमानदारितापूर्वक मलाई अपराधबोधबाट मुक्त गरायो र भन्यो, ‘तर, तिम्रो बुबा तिम्रो ठूलो शत्रु पनि थिए ।

तसर्थ उनको मृत्युपछि राहतको अनुभूति गर्नुपर्छ ।’ उनले जे सुझाब दिएका थिए, त्यसबारे म सोच्नसमेत आँट गर्न सक्दैनथेँ । उनको त्यो इमानदारिता एउटा विशाल र खतरनाक रमाइलो चेतनासँगै आएको थियो । ‘के पिताजीले पाकिस्तानका लागि मृत्यु वरण गरेका थिए भन्ने तपाईंलाई लाग्छ’ भनेर मलाई असंख्यपटक प्रश्न सोधिन्थ्यो । कसरी जवाफ दिने भन्नेबारे म अनिश्चित थिएँ । यसबारे नयपलले कसरी सोचेका रहेछन् भनेर मैले उनलाई सोधँे । उनी केही बेर रोकिए र डरलाग्दोसँग हाँस्दै भने, ‘उनी पाकिस्तानमा मरे भन्दा उपयुक्त हुन्छ । हो, त्यही भन्दा उपर्युक्त हुन्छ । ’

आफ्नो इमानदारिताका लागि नयपलले ठूलो मूल्य चुकाएका थिए । भारतमा धेरै बौद्धिक वर्गले आलोचना गरेका थिए किनकि उनको राजनीति सुधारविरोधी थियो भन्ने आलोचकहरूको विश्वास थियो । उनले हिन्दू अधिकारलाई रक्षा कवच बनाएको आलोचकहरूको आरोप थियो ।

उनलाई वामपन्थी र दक्षिणपन्थी समूहले समेत आलोचित गरेको थियो । उनको कृतिले त्यसको जटिलतालाई स्मरण गराएको छ र राजनीतिक नाराजस्तोे नयपललाई बुझ्न सजिलो छैन । सलमान रुस्दीले लेखेका छन्, ‘हामी हाम्रो सम्पूर्ण जीवन, राजनीति, साहित्यप्रति असहमित जनाउँछौँ । नयपलको मृत्युले म आफ्नै प्यारो जेठो दाइ गुमाउँदाजत्तिको दुखी छु । ’

जब उनी चिप्लिन्थे नयपलकै पुस्तकबाट नादिराले पढेर सुनाउँथिन् । त्यस्तै उनको साथीले नयपललाई टेनिसनको ‘क्रसिङ दि बार’ पढेर सुनाउँथे । ‘मैले सुनाउँथेँ,’ उनले भन्थिन्, ‘टनिसनको भौतिक शरीर गए पनि आत्मा त गएको थिएन नि ।’ यो सुन्दा मलाई विध्वंसजस्तो लाग्थ्यो । नयपलसँगको मेरो सम्बन्ध आनन्द र घृणाले भरिएको थियो । अन्यथा केही थिएन ।

तसिर भारतका बेलायती लेखक तथा पत्रकार हुन्-नयाँ पत्रिका

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares