‘अन्तिम’-ले एउटा मुद्दामा पाए बेल : अर्को मुद्दाको सुनवाई 24 मा

दार्जीलिङ, 17 अगस्त


‘अन्तिम’-नाममा फेसबुक चलाउने अनि फेसबुकमा ‘भड्काउ पोष्ट गरेको’आरोपमा पक्राउ पर्ने कृष्ण बस्नेतले फेसबुक मुद्दामा आज बेल पाएका छन्। यद्धपि उनीमाथि अर्को मुद्दा पनि रहेकोछ, जसको सुनवाई 24 अगस्तको दिन हुने भएको छ।

दार्जीलिङ न्यायालयमा आज यसबारे सुनवाई थियो। उनको मुद्दा अधिवक्ता अजित गुरुङले हेरिरहेका छन्। बस्नेत पुलिस कन्सटेबल हुन्। उनी विरुद्ध दार्जीलिङ तकभरका राजेश छेत्रीले ‘भड्काउ पोष्ट गरेको’ भन्दै दार्जीलिङ थानामा प्राथमिकी दर्ता गरेका थिए।

त्यही प्राथमिकीको आधारमा दार्जीलिङ पुलिसले ‘अन्तिम’-लाई पक्राउ गरेको थियो। उनलाई  आइपीसी 120B/419/465/505(2) 506 अन्तर्गत मुद्दा लगाइएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares