विमलपन्थी डुवर्सका नेता पक्राउ

डुवर्स, 18 अगस्त


सूत्रले बताएअनुसार स्वाधिनता दिवस सक्ने वित्तिकै विमल गुरुङ पन्थी गोर्खा जनमुक्ति मोर्चाका आन्दोलनका सक्रिय नेताहरू जसलाई विभिन्न मुद्दा लागेको छ, उनीहरूको पक्राउ अभियान जारी गरिनेछ। यसैबीच डुवर्सका विमल पन्थी नेता विशाल लामालाई पुलिसले पक्राउ गरेको छ।

उनलाई १६ अगस्तको राती  उनको निजी वासस्थान डुवर्स भाटपाडा चिया कमानबाट पक्राउ गरिएको हो। लामालाई गत वर्षको गोर्खाल्यान्ड आन्दोलनकालमा संदिग्ध गतिविधि रहेको आरोप थियो। पुलिसले यही आरोपमा लामाङलाई पक्राउ गरेको हो। उनलाई  ३४१, ३५३ अनि १४३ धाराअन्तर्गत विभिन्न मुद्दाहरू लगाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया