1.37 करोड रूपियाँमा वैकल्पिक मार्ग

‘सिद्राबुङ हाइडल प्रोजेक्टमा 3 वटा ब्रिटिशकालीन टर्बाइन छन्, जसमध्ये एउटा टर्बाइनबाट बिजुली उत्पादन भइरहेको छ। रहल दुइवटा टर्बाइनलाई आधुनिक तकनिकद्वारा बनाइने तय गरिएको छ, जसबाट उत्पादन हुने विद्युत गङ्गामाया पार्क, रकगार्डन साथै वरिपरिका स्थानमा वितरण गर्ने पनि योजना बनाइएको छ।’

दार्जीलिङ, 18 अगस्त।


1.37 करोड रूपियाँको लागतमा दार्जीलिङदेखि पुल-बिजनबारी जाने वैकल्पिक सडक मार्ग बनिने भएको छ। यो मार्ग बनिए बिजनबारी जाँदा लगभग 1 घण्टाको समय पनि वचत हुनेछ। स्थानीय ब्लुमफिल्ड चियाबगानको फ्रेड्रिक डिभिजनबाट शुरू भएर ओरेञ्ज भेल्ली डिभिजनसम्म मोठ 1.5 किलोमिटरको यो सडक बनिनेछ। आज यसै सडक मार्गको आज जीटीए अध्यक्ष विनय तामाङले शिलान्यास गरे।

तामाङले मार्ग निर्माणको लागि धनराशि पनि अनुमोदन गरिएको बताएका छन्। ‘यो सडकले दार्जीलिङलाई पुल-बिजनबारीसित पनि जोड्नेछ। सिद्राबुङ हाइडल प्रोजेक्ट जानको लागि पनि मानिसहरूलाई सुविधा हुनेछ,’ तामाङले यसबारे भने, ‘दार्जीलिङदेखि घूम भञ्ज्याङ हुँदै बिजनबारीको दूरी 35 किलोमिटर छ। ओरेञ्जभेल्ली हुँदै बिजनबारी पुग्न केवल 24 किलोमिटरको दूरी रहनेछ। जसको कारण यो निर्माण हुनलागेको सडक भएर बिजनबारी जाँदा केवल 1 घण्टाको समय लाग्नेछ।’

उनीअनुसार ओरेञ्ज भेल्ली चियाबगानको ठीकमुनि ऐतिहासिक सिद्राबुङ हाइडल प्रोजेक्ट पनि अवस्थित छ। यो सारा एशियामानै दोस्रो हाइडल प्रोजेक्ट भएको कारण पर्यटकहरू यसको भ्रमण गर्न पैदल यात्रा गर्दै आउने गर्छन्।

यदि यो सडक मार्गको निर्माण हुनसके यहाँ आउने पर्यटकहरूका लागि पनि सुविधा हुनेछ अनि उनीहरू गाडीमानै यस स्थानसम्म जान सक्छन्। जुन हाइडल प्रोजेक्टलाई संरक्षण गर्ने साथै यस परिसरलाई सुन्दरीकरण गर्ने दिशामा पनि जीटीएले काम गरिरहेको छ।

‘सिद्राबुङ हाइडल प्रोजेक्टमा 3 वटा ब्रिटिशकालीन टर्बाइन छन्, जसमध्ये एउटा टर्बाइनबाट बिजुली उत्पादन भइरहेको छ। रहल दुइवटा टर्बाइनलाई आधुनिक तकनिकद्वारा बनाइने तय गरिएको छ,’ तामाङले भने, ‘जसबाट उत्पादन हुने विद्युत गङ्गामाया पार्क, रकगार्डन साथै वरिपरिका स्थानमा वितरण गर्ने पनि योजना बनाइएको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares