तिमी चियाबारीको नयाँ बाटो सहासिक पर्यटनको बाटो

गान्तोक, 18 अगस्त। भारत सरकारले वर्ष 2018 लाई सहासिक पर्यटन विकास वर्षको रूपमा घोषणा गरेको कुरालाई ध्यानमा ऱाख्दै सिक्किमले सहासिक पर्यटनको विकासमा पहल शुरू गर्दै आजदेखि दक्षिण सिक्किमको तिमी चियाबारीमा विभिन्न सहासिक पर्यटकीय आकर्षणका पूर्वाधारहरू शुरुआत गरिएको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री उगेन टी ग्याछो मुख्य अतिथिको रूपमा रहेको एक कार्यक्रम अन्तर्गत माउन्टेन बाइकिङ, जिप लाइन र बाइक राइडिङको अभियान र क्याम्पिङको एकैचोटी शुरुआत गरिएको छ।

स्थानीय विधायक तथा मन्त्री गर्जमान गुरुङले भने, सिक्किमका मुख्यमन्त्री पवन चामलिङले पर्यटनलाई पेशाको रूपमा विकास गर्ने जुन लक्ष्य राखेका छन् त्यसमा पनि तिमी चियाबारी जस्तो प्रकृतिले नै सुन्दरता दिएको ठाउँलाई सहासिक पर्यटनसित जोडेर युवाहरूलाई स्थाई रोजगारको अवसर सिर्जना गर्ने उद्देश्य राखिएको हो। उनले तिमी चियाबारी क्षेत्रमा पर्यटकलाई निम्त्याएर यसबाट सबैको आर्थिक विकासको नयाँ बाटो खोल्ने लक्ष्य राखेर कार्यक्रम शुरु गरिएको बताए। यसैगरि उनले यो क्षेत्रमा विभिन्न पर्यटकीय योजनाहरू शुरु गरेर युवाहरूलाई कर्मको गरीबीबाट मुक्त गरेर मिहेनत र परिश्रमले विश्व जित्ने क्षमताशील बनाउने लक्ष्य राखिएको बताए। क्षेत्रमा चाँडै पीस सेन्टर, सर्वधर्म सम्मान केन्द्र आदीको पनि विकास गर्ने बताए।

अर्कोतिर आजको कार्यक्रमलाई सहासिक पर्यटनको विकासको निम्ति आगामी 26 देखि 28 अक्टुबरसम्म हुने 10औं नर्थ इस्ट राइडर्स मिटको निम्ति आज तयारीको पहिलो कार्यक्रमको रूपमा रहेको आयोजक ओपन रोड वानडरर्सका अध्यक्ष नरेश छेत्रीले भने भारत सरकारले घोषणा गरेको सहासिक पर्यटनको विकास निम्ति दिएको नारालाई आत्मसात गर्दै आगामी दुइ वर्षमा सिक्किमलाई बाइक राइडर्सहरूको सहासीक पर्यटनको गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य राखेका छौं। उनले भने, अक्टोबरको कार्यक्रमा 12 सय इम्फिल्ड बाइक राइडर्सहरूले सहभागिता जनाउने छन् जसको निम्ति अहिले नै 6 सय बाइकर्सहरूले भाग लिनको निम्ति पञ्जिकृत भइसकेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares