सिक्किम प्रज्ञा प्रतिष्ठानको भाषा दिवस कार्यक्रम स्थगित

गान्तोक, 18 अगस्त ।


सिक्किम प्रज्ञा प्रतिष्ठानले पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधनमा गहिरो शोक व्यक्त गरेको छ। पूर्व प्रधानमन्त्री बाजपेयीको आत्माले चीर शान्ति प्राप्त गरोस् भन्ने कामनासहित प्रतिष्ठानले श्रद्धाञ्जली अर्पण गरेको छ। प्रतिष्ठानको आज बसेको बैठकले पूर्व प्रधानमन्त्रीको निधनमा सात दिवसीय राष्ट्रिय शोक पालन गरिने घोषणालाई आत्मसात गर्दै आगामी 20 अगस्त 2018-मा नेपाली भाषा मान्यता दिवसको अवसरमा आयोजन गरिएको रश्मिप्रसाद आले पुरस्कार अलङ्करण समारोहलाई स्थगित गरेको छ। प्रतिष्ठानले यही प्रेस विज्ञप्तिमार्फत सबै निम्तारूहरूलाई कार्यक्रम स्थगित गरिएको सूचित गरेको छ। प्रतिष्ठानले सात दिनको राष्ट्रिय शोकपछि कार्यक्रम आयोजन गर्नेछ साथै यसको मिति चाँड़ै तय गर्ने महासचिव पुरण तामाङले जारी गरेको प्रेस बयानमा उल्लेख छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares