गजलकार जीविका अश्रु चितवनमा सम्मानित

गान्तोक, 18 अगस्त ।


चर्चित गजलकार तथा कवि जीविका अश्रु नेपालको चितवनमा सम्मानित भएकी छन्। दुई दशकदेखि नेपाली गजल लेखनमा सक्रियरूपमा कलम चलाउँदै आएकी अश्रुले गजलकृति पनि प्रकाशित गरिसकेकी छन्। उनले पुर्‍याएको योगदानलाई कदर गर्दै पल्लव साहित्य प्रतिष्ठान चितवनले सम्मानित गरेको हो।

शनिवार चितवनको एक रिसोर्टमा आयोजित एक भव्य कार्यक्रमबीच उनलाई सम्मानित गरिएको हो। कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूलाई सम्मानित गरिएको थियो। नेपाल र सिक्किमको साहित्यिक सम्बन्धमा एक साँघुको रूपमा काम गर्दै आएकी गजलकार जीविका अश्रु यसभन्दा अघि पनि धेरैवटा संस्थानहरूबाट सम्मानित भइसकेकी छन्। उनले गजल लेखन र वाचनमा छुट्टै प्रयोग गरेर राज्यका गजलकारहरूलाई प्रेरित गर्दै आएकी छन्। नेपालमा जन्मेकी गजलकार अश्रुले बीस वर्षदेखि सिक्किममा बसेर भारतीय नेपाली गजलको विकासमाथि सक्रियरूपमा काम गर्दै आएकी छन्। गजल लेखनसँगै गजल वाचनमाथि निकै ख्याति आर्जन गरिसकेकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares