खै खेल मैदान?

दार्जीलिङ, 20 अगस्त।


खरसाङमा खेल मैदान नबनाए खरसाङ गोर्खा हिल स्पोर्टस् एसोसिएशनले आन्दोलन गर्ने भएको छ। यद्धपि उनीहरूलाई जीटीए अध्यक्ष विनय तामाङले मैदान बनाइदिने आश्वासन दिएका छन्।

‘खरसाङमा धेरै खेलाडीहरू छन् अनि विभिन्न खेलमा चासो राख्नेहरूको संख्या पनि कम्ति छैन। तर खरसाङमा अहिलेसम्म एउटा खेल मैदान पनि छैन,’ एसोसिएशनका मुख्य सल्लाहकार दावा गोलेले भने, विगतका सरकारदेखि वर्तमान सरकारसम्मलाई खरसाङवासी जनताले खरसाङमा खेल मैदान बनाउने माग गरेका थिए, तर यस दिशामा कुनै ध्याननै दिएन। यसैले अब पनि खरसाङमा खेल मैदान बनाइएन भने खरसाङ गोर्खा हिल स्पोर्टस् एसोसिएशन आन्दोलनमानै उत्रिनेछ।’

सङ्गठनले खरसाङ रेडियो स्टेशनको ठीकमुनि क्यासलटन चियाबगानको जग्गालाई खेल मैदान बनाउनको लागि ठाउँ हेरेको पनि उनले बताए। राज्यमा कङ्ग्रेसको सरकार र वाममोर्चाको रहँदादेखि उठाइएको यो माग अहिलेसम्म पनि पूर्ण नभएको पनि बताए।

स्थिति यस्तो छ, अण्डर 18 गोल्ड कप फूटबल प्रतियोगिताको लागि खरसाङको कुनै स्कूललाई खेल मैदान माग्नपर्छ,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares